समाज

यसरी लोप हुँदै चौतारा संस्कृति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २९ गते २०:०८
यसरी लोप हुँदै चौतारा संस्कृति (भिडियो रिपोर्टसहित)

२९ माघ २०७८ काठमाडौं । चौतारा, अर्थात उकाली ओरालीमा गर्मी छल्दै शीतल ताप्ने ठाउँ, गाउँका बुढापाका जम्मा भएर जीवनको अनुभव सुनाउने ठाउँ । तर, मानिसहरु व्यक्तिगत जीवन केन्द्रित हुँदै गएपछि र सडक सञ्जालको विकास भएसँगै विस्तारै चौताराहरु लोप हुने अवस्थामा पुगेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ रानीपौवामा रहेको चौतारा । पहिला पहिला हरेक गाउँमा र पैदल यात्रा गर्ने बाटोमा यस्ता चौतारा देखिन्थे । बाटो हिँड्ने बटुवाका लागि शीतलता दिने चौतारा निर्माण पुण्यको काम मानिन्थ्यो । तर आजभोलि यस्ता चौताराहरु कमै मात्र भेटिन्छन् ।

भरियाले भारी बिसाउने अनि उकाली ओराली गर्दा सुस्ताउने, वस्तुभाउ चराउन जाँदा शीतलता ताप्ने र विवादको निर्क्यौल निकाल्न छलफल गर्न बस्ने स्थल चौतारा अहिले हराउँदै गएका छन् । सडक सञ्जालको विकास र व्यक्तिगत विषयलाई महत्व दिन थालेपछि चौताराहरु लोप हुँदै गएका हुन् ।

कुनै समय मानिसहरु सामाजिक जीवन बाँच्थे । त्यसैले पनि पाटी, पौवा र चौताराहरुको महत्व थियो । अहिले मानिसहरु सामूहिकतामा भन्दा व्यक्ति केन्द्रित हुँदा चौताराहरुको मर्म हराउँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *