राजनीति

आफ्नै अभिव्यक्तिले अप्ठ्यारोमा प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २९ गते ७:५०
आफ्नै अभिव्यक्तिले अप्ठ्यारोमा प्रचण्ड (भिडियो रिपोर्टसहित)

२९ माघ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले एमसीसी प्रकरणमा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी सहयोग मागेको खुलासा भएको छ ।

प्रचण्डले पार्टी अध्यक्ष ओलीलाई टेलिफोन गरी एमसीसीमा एमालेको धारणासँगै सहयोग मागेको एमालेकै नेताहरुले सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीको हैसियतमा ओलीले टेलिफोन गरेर बालुवाटार आउन निम्तो दिँदा भेट्न अस्वीकार गरेका प्रचण्डले एमसीसीको मुद्दामा एमालेको सहयोग माग्दा प्रचण्ड दबाबमा रहेको अर्थ लगाउन थालिएको छ ।

सत्तारुढ घटक माओवादी केन्द्रले एमसीसी सम्झौतामा भएका कतिपय बुँदाहरु राष्ट्रिय स्वाधीनताविरुद्ध रहेको भन्दै त्यस्ता बुँदाहरु संशोधन हुनुपर्ने बताउँदै आएको छ । पार्टीको धारणाविपरीत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने अमेरिकालाई पत्र लेखेरै संसदबाट अनुमोदन गरी एमसीसी पास गर्ने प्रतिबद्धता जनाएको सार्वजनिक भैसकेको छ ।

पार्टीमा एउटा कुरा गर्ने र अमेरिकासमक्ष अर्कै प्रतिबद्धता जनाउने दोहोरो चरित्रका कारण अध्यक्ष प्रचण्ड पछिल्लो समय दबाबमा पर्नु भएको छ । एमसीसी सम्झौताले प्रचण्डलाई कतिसम्म दबाब सिर्जना भएको रहेछ भने लामो समयदेखि अनौपचारिक रुपमा भेटघाट र बोलचाल नै नगरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष सहयोग माग्नुपर्ने अवस्था आइलागेको छ । प्रचण्डले ओलीलाई बिहीबार टेलिफोन गरी एमसीसीमा एमालेको धारणा बुझ्नु मात्रै भएन यस विषयमा छिटो निर्णय गर्न आग्रह नै गर्नु भयो ।

प्रचण्डसँगको टेलिफोनका क्रममा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसी पास गर्छौ भनेर अमेरिका समक्ष प्रचण्डले पटक पटक प्रतिवद्धता जनाएको भन्दै सत्तारुढ गठबन्धनसंग बहुमत रहेकाले पास गरेर देखाउन चुनौति दिएको रिजालको दाबी छ ।

तर माओवादी नेताहरु भने प्रचण्ड दबाबमा परेर ओलीलाई फोन गरेको नभई यो राष्ट्रिय चासोको विषय भएकाले दलको धारणा सोध्नुलाई अन्यथा मान्न नमिल्ने तर्क गर्छन् ।

एमसीसी सम्झौता राष्ट्रिय बहसको विषय भैसकेको र राष्ट्रिय स्वाधीनताको विषय भएकाले यो मुद्दामा मौन बस्नु एमालेको गैरजिम्मेवारी भएको नेता गुरुङको आरोप छ । आफू सरकारमा हुँदा एमसीसी पास गराउन जोडबल गरेका एमाले अध्यक्ष ओलीले अहिले प्रतिपक्षमा बस्दा सत्तारुढ दलको धारणा सार्वजनिक भएपछि मात्रै आफूहरुले निर्णय गर्छौ भन्नु सान्दर्भिक नहुने उहाँको धारणा छ ।

पार्टीमा एमसीसी संशोधनबिना पास नहुने निर्णय गराएर प्रधानमन्त्री देउवासँगको संयुक्त पत्राचारमा पास गर्ने प्रतिबद्धता गरेका माओवादी अध्यक्ष दाहाललाई यतिबेला चौतर्फी दबाब बढेको स्पष्टै छ । त्यसैकारण पनि उहाँले एमसीसी पारित गर्ने बहुमत पुगे गर्ने र नपुग्ने अवस्था आए खुलेर विरोध गर्ने नीति अंगीकारका लागि पनि एमालेसँग स्पष्ट हुन खोजिरहेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्