समाज

कर्णाली प्रदेश अस्पताल नागरिकको पहिलो रोजाइमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २६ गते १७:००
कर्णाली प्रदेश अस्पताल नागरिकको पहिलो रोजाइमा (भिडियो रिपोर्टसहित)

२६ माघ २०७८ काठमाडौं । पछिल्लो समय नेपालमा सरकारी अस्पतालले स्तरिय सेवा नदिँदा नागरिकहरु निजी अस्पताल धाउनुपर्ने बाध्यता छ । तर कर्णाली प्रदेश अस्पताल सुर्खेत कर्णाली प्रदेशका नागरिकको पहिलो रोजाइमा पर्ने गरेको छ ।

कुनै बेला राम्रो उपचारका लागि कर्णालीका नागरिक छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र भारतको लखनउ जानुपर्ने अवस्था थियो । तर अहिले कर्णाली प्रदेशका १० जिल्लासहित छिमेकी प्रदेशका केही जिल्लाबाट पनि प्रदेश अस्पताल सुर्खेतमा सेवा लिन आउन थालेका छन् । अत्याधुनिक सेवा दिन थालेपछि अहिले प्रदेश अस्पतालमा दैनिक ६ सयभन्दा धेरै बिरामीले सेवा लिने गरेका छन् ।

अहिले अस्पतालमा गुणस्तरीय सेवा पाउन थालेपछि बिरामीहरु उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ । पहिले घण्टौंसम्म लाइन बस्दा पनि पालो नआउने समस्या अहिले छैन । डाक्टरहरुले पनि राम्रो व्यवहार गर्न थालेको सेवाग्राहीका अनुभव छ ।

पछिल्लो समय कर्णालीका नागरिकको पहिलो रोजाइमा प्रदेश अस्पताल पर्ने गरेको छ । अस्पतालले अहिले दिइरहे भन्दा अझ थप स्तरिय सेवा दिने योजना बनाएको छ ।

सरकारी अस्पतालले राम्रो सेवा सुविधा दिने र चिकित्सक तथा स्वास्थ्यकर्मीको असल व्यवहार गर्ने हो भने सेवाग्राहीलाई आकर्षित गर्न सक्ने देखिन्छ । त्यसका राम्रो उदाहरण कर्णाली प्रदेश अस्पताल बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *