समाज

बाघ गणनाका लागि राखिएका १३ वटा स्वचालित क्यामेरा चोरी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २६ गते १६:३६
बाघ गणनाका लागि राखिएका १३ वटा स्वचालित क्यामेरा चोरी (भिडियो रिपोर्टसहित)

२६ माघ २०७८ काठमाडौं । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बाघ गणनाका लागि राखिएका १३ वटा स्वचालित क्यामेरा चोरी भएको छ ।

गणनाका लागि राखिएका क्यामरा नै चोरी भएपछि बाघको एकिन संख्या थाहा पाउन कठिनाइ हुने देखिएको छ ।

२०७८ मंसिर २९ गतेदेखि बाँके र बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रलाई ४ वटा ब्लकमा विभाजन गरेर बाघ गणना भइरहेको छ । जंगल क्षेत्रमा घाँस दाउरामा जानेले क्यामरा चोरी गरेको आशंका गरिएको छ ।

बाघ गणनामा प्रयोग हुने क्यामरालाई करिब ४० हजार मूल्य पर्छ । बाघ गणना गर्न प्रयोग गरिने क्यामरा अन्य प्रयोजनमा भने प्रयोग हुँदैन । बाघ गणनाका लागि निकुञ्जको पहिलो ब्लकमा १ सय ९४ जोडी स्वचालित क्यामरा राखिएको थियो । एउटा स्थानमा कम्तीमा १५ दिनसम्म स्वचालित क्यामरा राखेर फोटो खिचिन्छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा चितवनमा ९३, बर्दिया ८७, बाँकेमा २१ पर्सामा १८ र शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा १६ गरी नेपालमा २ सय ३५ वटा पाटे बाघ छन् ।

बाघको संख्या दोब्बर हुन हालको संख्यामा १५ वटा बाघ थपिएर २ सय ५० पुग्नु पर्ने छ । सन् २०१० मा रुसमा भएको बाघ सम्मेलनमा नेपालले सन २०२२ सम्म बाघको संख्या दोब्बर अर्थात २ सय ५० पुर्‍याउने प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *