विदेश

अनिवार्य खोप र प्रतिबन्धविरुद्ध क्यानडामा प्रदर्शन उग्र बन्दै

हिमालय टिभी
२०७८ माघ २४ गते ८:४५
अनिवार्य खोप र प्रतिबन्धविरुद्ध क्यानडामा प्रदर्शन उग्र बन्दै

२४ माघ २०७८ क्यानडा । खोप अनिवार्य बनाउने र कोभिड प्रतिबन्धहरू लगाउने सरकारी निर्णयविरूद्ध क्यानडामा जारी प्रदर्शनले उग्र रूप लिएको छ ।

सरकारको निर्णयविरुद्ध क्यानडाका विभिन्न शहरमा हजारौँ मानिसको सहभागितामा र्‍याली निकालिएको हो । प्रदर्शनपछि सडक अवरुद्ध भएका छन् । क्यानडाका ठूला शहरहरू टोरन्टो, क्युबेक सिटी, फ्रेडरिक्टन र विनिपेगमा सयौं प्रदर्शनकारीहरू भेला भएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रदर्शनकारीहरूले खोप लगाउन इन्कार गरेका छन् ।

‘फ्रिडम कन्भोय’ अर्थात् स्वतन्त्र समूह नामको आन्दोलन अमेरिका र क्यानडाको सीमापार गर्ने ट्रकचालकहरूका लागि अनिवार्य कोभिड खोप लगाउनुपर्ने अन्यथा क्वारेन्टिन बस्नैपर्ने आदेशविरुद्ध शुरु भएको हो।

प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रकचालकले विज्ञानको अवहेलना गरेको बताएका छन् । उनले अग्रपंक्तिमा तैनाथ स्वास्थ्यकर्मीलाई पनि प्रदर्शनकारीले बेइज्जत गरेको बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *