खेलकूद

रकम अभावमा रंगशाला निर्माण यस्तो अलपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २२ गते १८:५१
रकम अभावमा रंगशाला निर्माण यस्तो अलपत्र (भिडियो रिपोर्टसहित)

२२ माघ २०७८ पाँचथर । नेपाली फुटबल व्यावसायिकतातर्फ अघि बढ्दै गर्दा क्षमतावान खेलाडी उत्पादनका लागि स्तरीय मैदान चाहिन्छ । तर धेरै स्थानमा यस्ता मैदान छैनन् । तर, पहाडी जिल्ला पाँचथरको फिदिममा अहिले व्यवस्थित मैदान बनाउन शुरु गरिएको छ ।

पाँचथरमा फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप गरी वर्षेनी दुईवटा ठूला प्रतियोगिता आयोजना हुँदै आएको छ । तर, व्यवस्थित खेल मैदान अभावका कारण प्रतियोगिता सोचेअनुरुप सफल हुन सकेका छैनन् ।

त्यसमाथि मैदानको एकातर्फको भाग भत्किएपछि दुई वर्षयता खेलकुद गतिविधि नै संचालन हुन सकेको छैन । फिदिममा रंगशाला बन्न लागेपछि खेलकर्मी उत्साहित भएका छन् ।

व्यवस्थित स्थान नहुँदा खेलकुद गतिविधि मात्र होइन, फिदिममा सभा सम्मेलन जस्ता गैर खेलकुदका कार्यक्रम गर्ने स्थानको पनि अभाव छ । फिदिम माध्यमिक विद्यालयको स्वामित्वमा रहेको मैदानलाई रंगशालाका रुपमा विकास गर्न लागिएको हो । भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्बाङले आयोजनाको शिलान्यास गरिसक्नुभएको छ । रंगशाला बनाउन साढे १५ करोड भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

रंगशालामा दर्शक दीर्घा, खेलाडी र रेफ्रीको चेन्जिङ रुम, प्रशासनिक ब्लक र व्यावसायिक प्रयोजनका लागि सटर पनि राखिने छ । १७ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी तीनवटा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । अहिले नाइन ए साइडको मैदान बन्ने भएपनि त्यसलाई विस्तार गर्ने योजना छ । रंगशाला संचालनमा आएपछि खेलाडी उत्पादनसँगै अन्य कार्यक्रम संचालन गर्न पनि सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्