कोठीले दिएको यस्तो दर्दनाक पीडा (भिडियो रिपोर्टसहित)

२१ माघ २०७८ नेपालगञ्ज । जन्मँदा सानो आकारको कोठी, उमेर अनुसार बढ्दै गएपछि नेपालगञ्जका दुई किशोरीलाई तनाव भयो ।
त्यही कोठीकै कारण आत्मबल घट्यो, घरबाहिर निस्कन र विद्यालय जान समेत कठीन भयो । अहिले नेपालगञ्ज शिक्षण अस्पतालले टाउको नै ढाक्ने कोठी निकालिदिएपछि उहाँहरुको जीवन फेरिएको छ ।
पेमा शेर्पा र छबिकुमारी रोकाया दुबै जनाको जन्मजात कोठी बढ्दै गयो र आधा टाउको नै छोपियो । कोठी फैलँदै जाँदा कपाल झर्न थाल्यो । यसले उहाँहरुमा स्वास्थ्य अवस्थाको चिन्ता त बढ्यो नै मानसिक तनावले पनि छोप्यो ।
क्यान्सर पो हो कि भन्दै रोकाया खजुराको सुशिल कोइराला क्यान्सर अस्पताल पुग्नुभयो । क्यान्सर अस्पतालले प्लास्टिक सर्जनसँग सल्लाह गर्न सुझाव दिएपछि उहाँ नेपालगंज शिक्षण अस्पताल आईपुग्नुभयो ।
दुई पटक शल्यक्रिया गरे पछि उहाँहरुको टाउकोमा फैलिएको कोठी पुर्ण रुपमा हट्ने छ । मेलानोसाइटिक नेभस टाउको भर फैलने भए पनि यसले छालाको तहभन्दाभित्र असर गर्दैन । कोठी धेरै फैलिइसकेपछि भने छाला र कपाल प्रत्यारोपण गर्नुपर्छ । सबै कोठीले यस्तो समस्या दिँदैनन् । तर, छविकुमारी र पेमाको जस्तो समस्या भने आउन सक्छ ।
सामान्यतया सबै मानिसको शरिरमा कोठी हुन्छ । कसैलाई त्यही कोठीले सुन्दर देखाउँछ । तर, कोठी चिलाउने, बढ्ने, घाउ हुने जस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।
प्रतिक्रिया