दूधको मूल्य १३ प्रतिशतले बढाउने मन्त्रिपरिषदको निर्णय
१८ माघ २०७८ काठमाडौं । सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६ दशमलव ४ रुपैयाँ निर्धारण गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ दशमलव ४ रुपैयाँ कायम गरेको हो ।
यसअघि दूधकको मूल्य प्रतिलिटर ४९ दशमलव ५२ रुपैयाँ थियो ।बैठकले दूधको मूल्य ५६ दशमलव ४ रुपैयाँ कायम गरेसँगै १३ दशमलव १७ प्रतिशत अर्थात् ६ दशमलव ५२ रुपैयाँले दुधको मूल्य वृद्धि भएको छ ।सरकारले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय पनि गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो ।
बैठकले खुला विश्वविद्यायको उपकुलपतिमा प्राध्यापक डा. शिलु मानन्धर बज्राचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिमप्रसाद सुवेदी संयोजकत्वको सिफारिस समितिले बज्रचार्यसहित प्रा.डा. मनप्रसाद वाग्ले र प्रा.डा. इन्द्रबहादुर कार्कीको नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया