समाज

फोहरले कुरुप बन्दै वीरेन्द्रनगर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १७ गते १४:१०
फोहरले कुरुप बन्दै वीरेन्द्रनगर (भिडियो रिपोर्टसहित)

१७ माघ २०७८ सुर्खेत । सातामा एक पटक मात्र फोहोर उठाइँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर दुर्गन्धित भएको छ । नगरपालिकाले दैनिकरुपमा फोहर उठाउन छाडेपछि सडक तथा बजारमा फोहर थुप्रिएका छन् । बजारबाट निस्किने फोहोर व्यवस्थापन नहुँदा स्थानीयले पनि खुला ठाउँ, खोला तथा नहरमा फोहर फाल्न थालेका छन् ।

बजारको धेरै व्यस्त हुने ठाउँका फोहोर उठाउनका लागि नगरपालिकाले टेन्डर आव्हान गरेको थियो । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरका वडा नम्बर १ देखि ४ नम्बरसम्म द ग्रीन सिटीले र ५ देखि वडा नम्बर १२ सम्म काठमाडौको क्लीन नेपालले टेन्डर पाएका थिए ।

ठेकेदार पक्षले अहिले न्युनतम ५० रुपैयाँदेखि ५ हजार रपैंयासम्म उठाउने गरेका छन् । तर, फोहर भने हप्ताको एक पटक मात्र उठाउँदै आएका छन् । फोहोर थुप्रन थालेपछि नाक–मुख छोपेर हिँड्नुपर्ने बाध्यता छ ।

फोहर व्यवस्थापनवापतको शुल्क नियमित रुपमा उठाउने तर फोहर नियमित रुपमा नउठाउने ठेकेदारको यो लापरवाहीप्रति स्थानीय दिक्क भइसके । नगरपालिकाका केही वडामा यो टेण्डर रद्द गर्ने विषयमा छलफल हुन थालेको छ ।

बजारमा यत्रतत्र फैलिएको फोहरले कर्णाली प्रदेशकै सदरमुकाम समेत रहेको वीरेन्द्रनगरलाई कुरुप मात्र बनाएको छैन, यसले स्थानीयको स्वास्थ्यमा समेत असर गरेको छ । फोहर उठाउने जिम्मा पाएका कम्पनीले आफ्नो जिम्मेवारी निभाउनुपर्छ । जिम्मेवारी पूरा नगर्नेलाई नगरपालिकाले कारबाही गर्नु पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *