समाज
बाँकेमा यसरी गरिँदै सतिसाल संरक्षण (भिडियो रिपोर्टसहित)
२०७८ माघ १६ गते १४:५२

१६ माघ २०७८ बाँके । डिभिजन वन कार्यालयले बाँकेले लोपोन्मुख अवस्थामा पुगेको बहुमूल्य वनस्पति सतिसाल संरक्षण अभियान शुरु गरेको छ ।
सतिसाल संरक्षण गर्नका लागि प्राकृतिक रुपमा सतिसालका बोटहरु भएको बाँकेको शम्सेरगन्ज क्षेत्रको करिब ५ हेक्टर क्षेत्रमा सतिसालको छुट्टै जंगल नै बनाउन शुरु गरिएको छ ।
प्राकृतिक रुपमा उम्रिएका सतिसालका बिरुवाहरु हुर्काउनका लागि कुकाठ, लहरा र मिचाहा प्रजातिका बिरुवाहरु काटेर सफाई गर्ने, खाली क्षेत्रमा बिरुवा रोप्ने र जंगली जनाबरबाट जोगाउनका तारबार गरिएको छ ।
साइटिस महासन्धिको अनुसूची २ मा लोप हुने स्थितिमा पुग्ने जोखिम भएको बिरुवाको रुपमा सतिसाललाई सूचीकृत गरिएको छ ।
प्रतिक्रिया