विदेश

भारतको काश्मीरमा प्रहरी र आतङ्कवादीबीच भएको झडपमा ५ जनाको मृत्यु

हिमालय टिभी
२०७८ माघ १६ गते ९:१५
भारतको काश्मीरमा प्रहरी र आतङ्कवादीबीच भएको झडपमा ५ जनाको मृत्यु

१६ माघ २०७८ नयाँ दिल्ली । भारतको काश्मीरमा प्रहरी र आतङ्कवादी समूहबीच भएको झडपमा ५ जनाको मृत्यु भएको छ ।

काश्मीर क्षेत्रीय प्रहरीका अनुसार गएराति अबेरसम्म भएको झडपको क्रममा ५ जना आतङ्कवादीको मृत्यु भएको हो ।

प्रहरीले गरेको ट्वीटमा पाकिस्तान प्रायोजिक आतङ्कवादी सङ्गठन लश्कर–ए–तोयबा र जैश–ए–मुहम्मदका ५ जनाको मृत्यु भएको हो ।

मारिएका आतङ्कवादीमध्ये जैश–ए–मोहम्मदका कमान्डर जाहिद वानी र अन्य पाकिस्तानी चरमपन्थी रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *