आर्थिक

कोरोना कहरः त्रासमा व्यापार गर्नेको कथा… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १६ गते ७:४८
कोरोना कहरः त्रासमा व्यापार गर्नेको कथा… (भिडियो रिपोर्टसहित)

१५ माघ २०७८ काठमाडौं । कोरोना कहरमा मध्यम व्यापारीहरुलाई गाह्रो परेको छ । दैनिक गुजाराका लागि अन्य उपाय नभएपछि उनीहरु जोखिमका विचमै पनि काम गर्न बाध्य छन् ।

हामी यति बेला बानेश्वर चोकमा छौं । यहाँ सडक छेउछाउमा सानो लगानीमा व्यवसाय गरेर दैनिकी चलाउनेहरु धेरै हुनुहुन्छ ।

कोभिड १९ को तेस्रो लहरले संक्रमण र जोखिमको संभावना उच्च रहेका बेला जोखिमका बीचमा यहाँको व्यापारको अवस्था कस्तो छ त ? कोरोनाको तेस्रो लहरले यहाँको व्यापारमा असर परेको छ कि छैन त ? हामी यहाँका व्यापारीसँग केही कुरा गर्न गइरहेका छौं।

कोरोनाको तेस्रो लहरबढेसँगै नेपाल स्मार्ट लकडाउनमा छ। व्यापारे असर परेको छ ?

व्यापार राम्रै छ कि कोरोनाको तेस्रो लहरको प्रभाव पार्‍यो ? कोरोना कहरका कारण अघिल्ला २ वर्षयता व्यापार व्यवसायीहरुले पटक पटक संकट झेल्नु परिरहेको छ । तर विगतका वर्षमा भन्दा यो वर्ष प्रभाव कम भएता पनि व्यापारीहरु निराश छन् ।

कोरोना संक्रमणको डर छ । घरमा बालबच्चा होलान ,संक्रमित ग्राहक पनि आउँछन् होला, बाल बच्चालाई पनि सर्ला भन्ने डर । कि डर छैन ?

व्यापारी सञ्जय शाह त एक प्रतिनिधि पात्र मात्र हुन । यी र यी जस्ता थुप्रै व्यापारीहरु संक्रमण ,जोखिम र महामरीको डरलाई एकातिर थन्काएर दैनिक गुजाराका लागि जस्तोसुकै परिस्थितिको सामना गदै काम गर्न बाध्य छन्।

तसर्थ झनै महामारीका बेला रोजीरोटीको व्यवस्थामा समेत अप्ठयारो पर्ने हो भने सरकारले यस्ता व्यापारीका लागि राहतको प्याकेज ल्याउन पर्ने हो की ? वा व्यापारीले पनि आफ्नो दैनिकी र रोजीरोटीका लागि व्यापार गर्ने शैली वा तौरतरिकामा परिवर्तन गर्ने हो की ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *