आर्थिक

आलु खेतीमा डढुवा रोग, किसान मर्कामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १५ गते १८:०७
आलु खेतीमा डढुवा रोग, किसान मर्कामा (भिडियो रिपोर्टसहित)

१५ माघ २०७८ धादिङ । हिउँदे आलु खेतीमा डढुवा रोगको प्रकोपका कारण धादिङका किसान मर्कामा परेका छन् । मौसम परिवर्तन भएसँगै आलु खेतीमा डढुवा रोगको प्रकोप फैलिएको हो ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेशीका आलु खेतीमा डढुवा रोग देखिएको छ । मौसम परिवर्तन भएसँगै आलु खेतीमा डढुवाको प्रकोप फैलिएको हो । केहीदिन अघि परेको आकासे पानी र त्यसपछिको तुसारोले आलुको पात र डाँठ नै सुक्न थालेका छन ।

लामो समयदेखि आलुखेती गर्दै आएका किसान यो वर्ष सोच्दै नसोचेको डढुवा रोगको प्रकोपमा परेको अनुभव सुनाउँछन ।

मंसिरे धान काटेर लगाइएको आलुमा माघ पहिलो सातादेखि नै डढुवा लागेर सखाप भएपछि किसानले आलु मासेर अन्य खेतीसमेत गरेका छन् । किसानमा प्राविधिक ज्ञानको कमीले पनि आलु खेतीमा रोग लाग्ने गरेको कृषि प्राविधिकको बुझाइ छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा व्यवसायिक रुपमा १७ सय ६५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ । ७ सय ७८ हेक्टरमा जमिनमा हिउँदे आलु उत्पादन हुँदै आएको छ । धादिङको नीलकण्ठ, बेनिघाट, धुनिवेसी, गजुरी, ज्वालामुखी, नेत्रावतीलगायतमा बढी आलु लगाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *