समाज

बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा भीटीआर सिष्टम जडान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १५ गते १८:०१
बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा भीटीआर सिष्टम जडान (भिडियो रिपोर्टसहित)

१५ माघ २०७८ बाँके । बाँके राष्ट्रिय निकुन्ज क्षेत्रको सडकमा चल्ने सवारी साधनको जाँचलाई छिटो छरितो र प्रभावकारी बनाउन भेइकल ट्रयाकिङ रिकोजिनेशन भीटीआर सिष्टम जडान गरिएको छ ।

निकुन्ज प्रवेश गर्ने स्थानमा रहेका चेक पोष्टहरु शिवखोला र प्रगति नगरमा करिब १५ लाखको लागतमा भीटीआर सिष्टम जडान गरिएको हो ।

भीटीआर सिष्टमले सवारी साधन निकुन्ज क्षेत्रमा प्रवेश गरेको र निकुन्ज क्षेत्रबाट बाहिरिएको विवरण रेकर्ड गरेर सर्भरमा पठाइदिन्छ । भीटीआर सिष्टमबाट प्राप्त हुने विवरणका आधारमा सुरक्षाकर्मीले निकुन्ज क्षेत्रमा ओहोरदोहोर गर्ने सवारी साधनको निगरानी गर्ने गरेका छन् ।

भीटीआर सिष्टम जडान भएपछि निकुन्जको चेकपोष्टमा सवारी साधनबाट उत्रिएर चेक पोष्टमा लाइन लागेर सवारी साधनसम्बन्धी विवरण इन्ट्री गराउनुपर्ने झन्झटको अन्त्य भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *