खेलकूद

आहा ! रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफ भिड्दै

हिमालय टिभी
२०७८ माघ १५ गते ८:०३
आहा ! रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफ भिड्दै

१५ माघ २०७८ पोखरा । २० औं आहा ! रारा गोल्डकप फूटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्दैछन् । ्

मनाङले क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई २–० र दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ ।

सर्वाधिक ६ पटक उपाधि विजेता मनाङ १२ औं पटक फाइनलमा प्रवेश गरेको हो । मनाङ आज सातौ पटक उपाधि उचाल्ने लक्ष्यमा रहनेछ ।

उता एपीएफ भने उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा पहिलो क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्र क्लबलाई ३–१ ले हराउँदै फाइनल पुगेको हो ।

१४ वर्षपछि रारा गोल्डकपको फाइनलमा पुगेको एपीएफ आज पहिलो उपाधि जित्ने दाउमा हुनेछ ।

पोखरा रंगशलामा खेल दिउँसो साढे दुई बजे शुरू हुनेछ । विजेता टिमले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्