समाज

रगत अभाव हुन नदिन सक्रिय रुपन्देहीका संघसंस्था (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १२ गते २०:०६
रगत अभाव हुन नदिन सक्रिय रुपन्देहीका संघसंस्था (भिडियो रिपोर्टसहित)

१२ माघ २०७८ रुपन्देही । रुपन्देहीका विभिन्न संघसंस्थाले आफ्नो स्थापना दिवस तथा विभिन्न समारोहको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन । तर नेपाल नियमित रक्तदाता संघले भने बुटवलमा प्रत्येक महिना रक्तदान कार्यक्रम सञ्चालन गर्दै गाउँगाउँमा पुगेर जनचेतनासमेत फैलाउँदै आएको छ । यसले गर्दा बुटवलमा रगतको अभाव हुन पाएको छैन ।

बुधबार बिहान बुटवलको ट्राफिक चोकमा नेपाल प्रहरी पालैपालो रत्तदान गरिरहेका छन् । नेपाल नियमित रक्तदाता संघले प्रत्येक महिना यस्तो अवसर जुराउँदै आएको छ ।

बुटवलमा रगतको अभाव नहोस भन्दै संघले नेपाल रेडक्रस सोसाइटीको रक्तदाता सञ्चार केन्द्रसँग प्राविधिक सहयोग लिँदै अभियान नै सञ्चालन गर्दै आएको छ । संघले विभिन्न जिल्लामा शाखा कार्यालय खोलेर गाउँगाउँमा रक्तदानको महत्वबारेजनचेतना फैलाउँदै समेत आएको छ ।

सशस्त्र युद्धका क्रममा रगतको अभाव भएपछि २०६१ मा स्वर्गीय सरोज सिलवालले स्थापना गर्नुभएको यो संस्था कोरोना कहरमा अझै प्रभावकारी बनेको छ ।

संघले बुटवलमा प्रत्येक महिनाको अन्तिम शनिबार र आवश्यक पर्दा आकस्मिक रक्तदानसमेत गर्दै आएको छ । यसमा विभिन्न समाजसेवी संघसंस्थाको पनि सहयोग छ ।

रुपन्देही जिल्लामा विभिन्न संघसंस्थाहरुले आफ्नो स्थापना दिवस तथा कुनै विशेष समारोहमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर नेपाल नियमित रक्तदाता संघले भने नियमित रुपमा कार्यक्रम सञ्चालन गर्दै बुटवलमा रगतको अभाव हुन दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *