समाज

मदन भण्डारी राजमार्गः ४२ वर्षपछि बल्ल स्तरोन्नति शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १२ गते १८:५०
मदन भण्डारी राजमार्गः ४२ वर्षपछि बल्ल स्तरोन्नति शुरु (भिडियो रिपोर्टसहित)

१२ माघ २०७८ सुर्खेत । पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गअन्तर्गत कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने सडक खण्ड निर्माण शुरु गरिएको ४२ वर्षपछि स्तरोन्नतीको काम पूरा हुने भएको छ । धुलियाबिट भेडाबारी क्षेत्रमा पर्ने यो सडक खण्ड लामो समयदेखि निर्माण अलपत्र परेको थियो ।

ट्रयाक खुलेको झन्डै ४२ वर्षपछि मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको धुलियाविट(भेडाबारी सडक स्तरोन्नतिका लागि बल्ल प्रक्रिया थालिएको छ । चार दशकसम्म नेताले सत्तामा पुग्नका लागि यही सडकलाई माध्यम बनाउँदै आएका थिए । र सत्तामा पुगेपछि बिर्सिने परिपाटी नौलो भएन ।

यो सडक अलपत्र पर्दा सास्ति खेप्दै आएका लेकवेशी, वीरेन्द्रनगर र गुर्भाकोटका स्थानीय काम शुरु भएपछि अहिले खुसी छन् । सडक स्तरोन्नतीका लागि कालिका केएस बेदान्सी जेभीले कालोपत्रे गर्ने जिम्मा पाएको छ ।

गत वैशाखमा १ अर्ब ५१ करोड रुपैयाँमा सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो । राजमार्ग आयोजना निर्देशनालयले सडक स्तरोन्नतिका लागि कालिका केएस जेभीसँग कालोपत्र १ अर्ब ३ करोड रुपैयाँमा सम्झौता गरेको छ।

मदन भण्डारी राजमार्गको रुपमा जोडिने यो सडकखण्डको काम ४२ वर्षसम्म रोकिँदा स्थानीय चिन्तित थिए । सडक नबन्दा वर्षामा हिलो र हिउँदमा धुलोको समस्या रहँदै आएको छ । त्यसैले सडक बनाउने ठेकेदार तथा सम्बन्धित निकायले समयमा नै सडक निर्माण कार्य सम्पन्न गर्नु पर्ने स्थानीयको माग छ।

यो सडक स्तरोन्नति भएपछि लेकबेसी नगरपालिका र गुर्भाकोटका बासिन्दासँगै वीरेन्द्रनगर नगरपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यहाँका स्थानीयले आफ्नो उत्पादन छिटै बजारमा पुर्‌याएको सपना समेत देख्न थालेका छन् । त्यसैले यो आयोजना सम्पन्न गर्न सम्बन्धित सबै पक्षले जिम्मेवारी बोध गरेर लाग्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *