नेपालमा क्रिप्टोकरेन्सीको कारोबार बढ्दै, कारबाही गर्ने प्रहरीको चेतावनी (भिडियो रिपोर्टसहित)
१० माघ २०७८ काठमाडौं । पछिल्लो समय नेपालमा क्रिप्टोकरेन्सीको कारोबार बढेको छ । क्रिप्टोकरेन्सी कारोबारलाई नेपालमा गैरकानूनी मानिएको छ । तर, पनि किन बढ्दैछ त ? नेपाल प्रहरीले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, हाइपर फन्ड, नेटवर्क मार्केटिङ अन्तर्गतका जोसियल, क्राउड वान, सोलोमेक्स ग्लोबलमा कारोबार गर्ने नेपाली, विदेशी र विदेशमै बसोबास गर्ने नेपालीलाई कारबाही गर्ने बताएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सी, हाइपर फन्डमा कारोबार गर्नु गैरकानुनी भएको पुनः स्मरण गराएको छ। पछिल्ला दिनहरूमा क्रिप्टोकरेन्सी कारोबार र माइनिङमा संलग्न हुन प्रोत्साहन गर्ने गतिविधि बढेको गुनासो आएपछि सूचना निकाल्नुपरेको राष्ट्र बैंकको भनाइ छ ।
उसो त क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै गत बिहीबार काठमाडौंको मीनभवनबाट तीनजनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
यसबाट पनि प्रष्ट हुन्छ क्रिप्टोकरेन्सीको कारोबार भित्रभित्रै मौलाइरहेको छ । यसमा नेपालभित्र बस्ने डिजिटल ज्ञान भएको पुस्तामात्रै छैन, प्रवासी नेपाली कामदार पनि संलग्न रहेको अनुमान छ ।
पछिल्लो समय मुलुकभित्रै अनलाईन नेटवर्किङ विजनेश हाइपर फन्डमा लगानी गर्नेहरु बढिरहेको छन् । हाइपर फन्ड क्रिप्टो करेन्सीजस्तै अनलाइन बिजनेस हो । नेपालले यसलाई अनुमति दिएका छैनन् । तैपनि नेपालका कुनाकाप्चादेखि विश्वासका धेरैजसो देशमा हाइपर फन्डको चर्चा चुलिएको छ।
कुनै समय हर्बो, युनिटी लगायतका नेटवर्किङ व्यवसायबाट धेरै जना ठगिएका थिए । थोरै लगानीमा छोटो समयमै धेरै कमाउने लोभमा कतिपयको त घरबास नै उठिबास लागेको थियो । सरकारले सञ्चालकलाई कारबाही त ग¥यो । तर, अझै पनि सर्वसाधारणको लगानी उठ्न सकेको छैन।
अहिले त्यस्तै प्रकृतिको भर्चुअल करेन्सि देखा परेको छ। सुरुसुरुमा लगानी गर्नेले केही प्रतिफल चाखेजस्तो भए पनि हाइपर फन्डबाट ठगिने सम्भावना प्रबल देखिन्छ । तसर्थ आकर्षण आम्दानीको लोभमा नागरिकले युनिटि र हर्वोको जस्तै नियमति ब्यहोर्नु नपर्ला भन्न सकिन्न ।
प्रतिक्रिया