आर्थिक

फेरि बढ्यो तोरी उत्पादन, किसानले महशुस गरे राहत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १० गते १८:४०
फेरि बढ्यो तोरी उत्पादन, किसानले महशुस गरे राहत (भिडियो रिपोर्टसहित)

१० माघ २०७८ चितवन । ३५–४० वर्षअघि चितवन तोरी उत्पादनको हव जस्तै थियो । त्यसपछि उत्पादनमा ह्रास आउन थाल्यो । अहिले पुनः तोरी उत्पादनमा बढोत्तरी भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष नगदेबाली तोरीले किसानलाई राहत दिलाएको छ ।

यो माडी नगरपालिकाको थारु वस्ती हो । चितवन राष्ट्रिय निकुञ्जको छेउमा रहेको यो वस्तिका नागरिक वर्षैपिच्छे निकुञ्जबाट आउने जंगली जनावरका कारण पीडित छन्।

वर्षभरी खाने अन्न जनावरले खाइदिँदा किसान आजित थिए । जंगली जनावरले मन नपराउने तोरी खेती गर्दा किसानले राहत महशुस गरेका छन् ।

माडी नगरपालिकाको वडा नम्बर ३ बैराठ क्षेत्रमा अधिकांश स्थानमा तोरी खेती गरिएको छ । निकुञ्जबाट नजिक रहेकाले जनावरले क्षति नपुर्‍याउने बालीको रुपमा तोरी खेति गरिएको हो ।

आर्थिक वर्ष २०५२–५३ सालमा चितवनमा तोरीको उत्पादनमा निकै ह्रास आयो । तोरीमा लाग्ने रोग किरा र जमिनको तीव्र खण्डीकरणका कारण तोरी खेती गर्ने किसानहरुले पेशा नै परिवर्तन गर्न थाले ।

जसले गर्दा कुनै समयमा १८ हजार हेक्टरमा तोरी हुने जिल्लामा तोरी खेती ४५ सय हेक्टरमा झर्यो । चालु आर्थिक वर्षमा १३ हजार २ सय ७० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ ।

चालु आर्थिक वर्षमा १५ देखि २० प्रतिशत तोरीको उत्पादन बढेको छ । चितवनमा गत वर्षको तुलनामा यो वर्ष तोरी खेती गर्ने किसानको संख्या बढेको छ ।

जंगली जनावरले क्षति नगर्ने, बजारमा गुणस्तरीय तेलको अभाव हुनु, तोरीको मूल्य राम्रो हुनु परिश्रम कम लाग्नु र उत्पादन बढ्दै जानुजस्ता कारणले चितवनका किसान तोरीखेतीमा आकर्षित भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *