समाज

नेपालको आग्रहपछि हट्यो एसएसबीको चेक पोष्ट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १० गते १८:२३
नेपालको आग्रहपछि हट्यो एसएसबीको चेक पोष्ट (भिडियो रिपोर्टसहित)

१० माघ २०७८ विराटनगर । मोरङको विराटनगरसँग जोडिएको भारतीय सीमावर्ती दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको सुरक्षा पोस्ट हटाएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैयास्थित दशगजामा एसएसबीले आफूखुशी बनाएको सुरक्षा पोस्ट हटाएको हो । सशस्त्र प्रहरी बल नेपालको आग्रहपछि एसएसबीले दशगजा क्षेत्रबाट चेकपोष्ट हटाएको हो ।

२ देशीय सिमानामा कुनै पनि संरचना बनाउन र गतिविधि गर्न नपाइने अन्तर्राष्ट्रिय कानून रहेको छ । तर भारतीय पक्षले कानून लत्याउँदै एसएसबीले सुरक्षा पोस्ट बनाएको थियो ।

दशगजाको दुवैतर्फ ९ दशमलब १ मिटर खाली राख्नुपर्ने प्रावधान छ । मोरङको ६३ दशमलब २ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । प्रदेश १ मा सुनसरीदेखि झापासम्म भारतको बिहार राज्य अन्तर्गत सुपौल, अररिया र किसनगञ्ज जिल्लाले छुन्छ ।

कूटनीतिक मर्यादा र सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानूनविपरीत दशगजामा पोस्ट निर्माण गरेर २४ घण्टा नै हतियारसहितका एसएसबीलाई खटाउन थालिएपछि भारतको चौतर्फी विरोध भएको थियो । जिल्ला सुरक्षा समिति मोरङको बैठकमा पनि एसएसबी पोस्टबारे कुरा उठेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *