समाज

आइसोलेसन पुनः संचालन गर्न कतै सक्रियता कतै नसकिने जवाफ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ९ गते २०:५५
आइसोलेसन पुनः संचालन गर्न कतै सक्रियता कतै नसकिने जवाफ (भिडियो रिपोर्टसहित)

९ माघ २०७८ सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना संक्रमणदर उकालो लाग्दै जाँदा आइसोलेशनलाई चुस्तदुरुस्त पार्न स्थानीय तहलाई आग्रह गरेको छ । केही पालिकाले आइसोलेशन पुनः संचालन गर्न सक्रियता बढाए पनि केही पालिकाले भने आइसोलेशन बनाउन नसकिने जनाएका छन् ।

सुनसरीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा पहिलो र दोस्रो लहरका क्रममा संचालन गरिएका आइसोलेशन र क्वारन्टिनलाई व्यूउँत्याउन जिल्ला प्रशासन कार्यालय सुनसरीले सक्रियता बढाएको छ । कोरोना संक्रमितको संख्याका आधारमा सुनसरी प्रदेश एककै दोस्रो स्थानमा छ ।

संक्रमित बढेपछि आइसोलेशन सेन्टर र क्वारेन्टिनहरु पुनः संचालन गर्ने तयारी गरिएको छ । १२ वटा स्थानीय तह रहेको सुनसरीमा कोरोना भाइरसको पहिलो र दोस्रो लहर फैलँदा प्राय सबै स्थानीय तहले क्वारन्टिन, आइसोलेशन र नसक्ने स्थानीय तहले होल्डिङ सेन्टर बनाएका थिए । अहिले कोरोना संक्रमण बढ्दै गएकाले आइसोलेशन सञ्चालन गर्नु पर्ने भएको हो ।

केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या पाँच सयभन्दामाथि पुगेकाले सुनसरीलाई रेड जोनमा राखेको छ । पछिल्ला दिनमा सुनसरीमा दैनिक डेढ सयको हाराहारीमा संक्रमित थपिँदै गएका छन् । संक्रमणदर बढ्न थालेपछि स्थानीय तह पनि व्यवस्थापनको तयारीमा जुटेका छन् ।

कतिपय स्थानीय तहले आइसोलेसन, क्वारेन्टिन र होल्डिङ सेन्टर फेरि संचालन गर्ने तयारी गरे पनि केही स्थानीय तहलाई सकस छ । यसअघि विद्यालयमा आइसोलेसन बनाएका स्थानीय तहलाई अहिले आइसोलेसन सेन्टर बनाउने ठाउँको अभाव भएको हो ।

कोरोना संक्रमितको संख्या लगातार बढिरहेकाले सानो लापरवाहीले अवस्था भयावह बन्न सक्नेतर्फ सबै सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *