समाज

१२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ९ गते २०:५०
१२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्टसहित)

९ माघ २०७८ बागलुङ । बागलुङमा १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाले ७२ वटा खोप केन्द्र निर्धारण गरेको छ । खोप लगाएपछि विद्यार्थीले सुरक्षित महसुस गरेका छन् ।

बागलुङमा १२ देखि १७ वर्ष उमेर समुहका किशोर किशोरीलाई खोप लगाउन सुरु गरिएको हो । विद्यार्थीको बाहुल्यता रहेको यो उमेर समूहका किशोर किशोरीलाई विभिन्न विद्यालयमै खोप केन्द्र बनाएर मोडेर्ना खोप दिइँदैछ । कोरोना महामारी सुरु भएयता विद्यार्थीले राम्रोसंग पठनपाठन गर्न पाएका छैनन् ।

वैकल्पिक माध्यम अनलाइनबाट पठनपाठन हुने भनिए पनि सबै विद्यार्थीका लागि प्रभावकारी बन्न सकेको छैन । विद्यालय बन्द रहेपनि विद्यार्थीलाई नजिक पर्ने विद्यालयलाई खोप केन्द्र बनाई स्वास्थ्य कार्यालय बागलुङले खोप कार्यक्रम शुरु गरेको हो । कोरोनाविरुद्धको खोप लगाउन पाउदा विद्यार्थीले सुरक्षित महसुस गरेका छन् ।

सरकारले १८ वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई विभिन्न चरणहरुमा खोपका कार्यक्रम संचालन गरिरहेको छ । हाल बागलुङ जिल्लामा १८ वर्ष उमेर समूह माथीका करिब ९० प्रतिशतले खोप लगाईसकेका छन् । विद्यार्थीहरुले पनि खोप लगाएसँगै विद्यालय संचालन गर्न पनि सहजता हुने शिक्षकको विश्वास छ ।

विद्यालय नजाने यस उमेर समूहका किशोर किशोरीका लागि पनि सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी खोप कार्यक्रम संचालन गर्ने स्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको छ । खोप पूर्ण रुपमा सुरक्षित भएको कारण ढुक्क भएर लगाउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

यसअभियानमा करिब २८ हजार किशोरकिशोरीलाई खोप दिइँदैछ । कोरोना संक्रमणबाट आउने सक्ने जटिलतालाई न्यूनिकरणका लागि खोपले महत्तवपूर्ण भूमिका खेल्ने विज्ञ बताउछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *