खेलकूद

आहा ! रारा गोल्डकपमा आज दोस्रो क्वाटरफाइनल खेल हुँदै

हिमालय टिभी
२०७८ माघ ९ गते ७:४७
आहा ! रारा गोल्डकपमा आज दोस्रो क्वाटरफाइनल खेल हुँदै

९ माघ २०७८ पोखरा । पोखरामा जारी आहा ! रारा गोल्डकप फूटबल प्रतियोगितामा आज दोस्रो क्वाटरफाइनल खेल हुँदैछ ।

सेमिफाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । विभागीय टोली पुलिसले सडन डेथमा हिमालयन शेर्पा क्लबलाई हराउँदै क्वाटरफाइनलमा पुगेको हो ।

उता मनाङले भने सोझै क्वाटरफाइनल खेल्न लागेको हो । आजको विजेताले सेमिफाइनलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।

यसअघि हिजो बीवाइएसी मिनेसोटा युएसएमाथि ३–१ को जित निकाल्दै एपीएफ क्लबले अन्तिम चारमा स्थान बनाएको थियो ।

एपीएफले अन्तिम चारमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । पोखरा रंगशालामा खेल दिउँसो साढे दुई बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्