विदेश

रुसले युक्रेनमा आक्रमण गर्ने आशंकामा अमेरिकाद्वारा हतियार सहयोग

हिमालय टिभी
२०७८ माघ ९ गते ७:४१
रुसले युक्रेनमा आक्रमण गर्ने आशंकामा अमेरिकाद्वारा हतियार सहयोग

९ माघ २०७८ न्युयोर्क । रुसले युक्रेनमाथि आक्रमण गर्ने अन्तिम तयारी गरिरहेको आशकाकाबीच अमेरिकाले यूक्रेनलाई हतियारसहित ९० टन सहयोग सामग्री पठाएको छ ।

अमेरिकाले पठाएको पहिलो खेपको सहयोगमा रुससंगको सीमामा तैनाथ युक्रेनी सेनालाई हतियार समेत रहेको छ ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन भ्रमण गरेलगत्तै अमेरिकाले कियभलाई सहयोग पठाएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रनेलाई २० करोड डलरको सुरक्षा सहायता प्याकेजमा स्वीकृति दिएका थिए । यक्रेनको राजधानी कियभस्थित अमेरिकी दूतावासले युक्रेनको आत्मरक्षाको सम्प्रभु अधिकारप्रति वासिंटनको दृढ प्रतिबद्धता रहेको जनाएको छ ।

पछिल्ला केही महिनायता रुसले युक्रेनको सीमामा ठूलो संख्यामा सेना तैनाथ गरेको छ । युक्रेनमाथि आक्रमण गरे रुसलाई ठोस जवाफ दिने अमेरिकाले चेतावनी दिएको छ । तर मस्कोले भने आक्रमण गर्ने योजना नरहेको जवाफ दिंदै आएको छ ।

रुसले सन् २०१४ मा युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराएको थियो । यसपछि युक्रेनी सेना र रुस समर्थित विद्रोहीबीच चर्किएको संघर्षमा १४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । २० लाख मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *