कृषि क्षेत्रमा मेसिनको प्रयोग हुन थालेपछि…(भिडियो रिपोर्टसहित)

८ माघ २०७८ पाल्पा । कृषि क्षेत्रमा मेसिनको प्रयोग हुन थालेपछि पाल्पाका किसान उत्साहित बनेका छन् । परम्परागत कृषि प्रणालीभन्दा प्रविधिको प्रयोगले छिटोछरितो रुपमा काम हुन थालेसँगै आम्दानी पनि बढेपछि किसानहरु खुसी भएका छन् ।
पाल्पा तानसेन नगरपालिका वडा नम्बर ९ का अनुपम भुषाल व्यावसायिक रुपमा उन्नत जातका बाख्रापालनमा व्यस्त हुनुहुन्छ । भुषाललाई हिजोआज यान्त्रिकिकरणले निकै सहज बनाएको छ ।
पहिले–पहिले मेहनत गरेर घाँस काटेर जम्मा गर्नुपर्ने दुःख अहिले हटेको छ । अहिले यन्त्रको सहयोगमा घाँस काट्न सहज भएकोछ, जसले खसि÷बोकालाई प्रशस्त पुग्ने गरेको छ ।
तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका, ग्रामीण आर्थिक विकास संघ ९रेडा० र हेफर प्रोजेक्ट नेपालको सहयोगमा कृषि तथा पशुपालनका क्षेत्रमा यान्त्रिकिकरणले सहयोग गर्दै आएको छ । मेसिनको प्रयोगबाट घाँस कटान, दाना उत्पादन गर्दा गुणस्तरीय आहाराले पशुपन्छीको उत्पादनमा वृद्धि भएको छ ।
यान्त्रिकिकरणले कृषि तथा पशुपालनका क्षेत्रमा मेहनत अनुसारको प्रतिफल प्राप्ति भएको छ । यसले कृषि क्षेत्रमा अनावश्यक मेहनत गर्नुपर्ने बाध्यता हटेको छ भने समयको बचत पनि भएको छ ।
कृषि तथा पशुपालनका क्षेत्रमा यान्त्रिकिकरणको प्रयोग बढ्दो छ । अहिले जिल्लाभर नै यान्त्रिकिकरणको प्रयोग बढाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने देखिएको छ । यसले कृषि क्षेत्रको सबलिकरण हुने आशा गर्न सकिन्छ ।
प्रतिक्रिया