समाज

कोरोना कहरः छैन क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ८ गते १८:२६
कोरोना कहरः छैन क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन (भिडियो रिपोर्टसहित)

८ माघ २०७८ बुटवल । कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहरमा स्थानीय तहहरुले ठूलो तामधामका साथ क्वारन्टिन र आईसोलेसनको निर्माणसँगै राम्रो व्यवस्थापन गरेका थिए । तर, कोरोना महामारीको तेस्रो लहरमा भने त्यस्तो तयारी देखिएको छैन ।

कोरोना महामारी दिन दुई गुणा रात चौगुणा फैलिएको भए पनि अहिलेसम्म धादिङका स्थानीय तहले पूर्वतयारी गरेका छैनन् । पहिले संचालनमा रहेका आईसोलेसन तथा क्वारन्टिन लथालिङ्ग छ । आइसोलेसनलाई व्यवस्थित गरेर यथाशिघ्र संचालनमा ल्याउनु पर्ने स्थानीयको माग छ ।

धादिङमा अहिले पाँच सयको हाराहारीमा संक्रमित छन । स्थानीय तहले कोरोना तेस्रो लहरका लागि पूर्व तयारी नगरेको गुनासो बढ्दै जाँदा स्थानीय तहले भने आवश्यक पर्ने बित्तिकै व्यवस्थापन गर्ने भनि काम साँचेर बसेका छन् ।

कोरोना संक्रमणबाट हुने जोखिम कम गर्न सरकारले खोप अभियान पनि चलाइरहेको छ । खोप नलगाएका व्यक्तिलाई सार्वजनिक ठाउँमा प्रवेश नदिने निर्णय गरेको सरकारले खोप अभियान भने प्रभावकारी बनाउन सकेको छैन ।

कोरोनाको ओमिक्रोन भेरियण्ट तीब्र गतिमा फैलनेबारे तीनै तहका सरकार जानकार छन । खोपले जोखिम कम हुने पनि पुष्टि भइसकेको छ । तर तीनै तहका सरकार खोप अभियान प्रभावकारी बनाउन र पूर्वतयारी गर्ने मामलामा एकले अर्कोलाई देखाएर पन्छिने गरेका छन । यसले ठूलो समस्या निम्त्याउन सक्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *