समाज

लघुवित्तले यसरी गरायो आठ परिवारको उठिबास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ८ गते १८:११
लघुवित्तले यसरी गरायो आठ परिवारको उठिबास (भिडियो रिपोर्टसहित)

८ माघ २०७८ सुर्खेत । बचत गर्ने बानी बसाउन र अप्ठेरो परेका बेला छिटो ऋण पाउनका लागि शहरदेखि गाउँका कुना कन्दरामा समेत अहिले लघुवित्त संस्थाहरु पुगेका छन् । तर, तिनै लघुवित्तका कारण सुर्खेतको पञ्चपुरी नगरपालिकाका कतिपय परिवारको उठिबास भएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का आठ परिवार भारत पलायन भएका छन् । सहज रुपमा ऋण दिएर गरिबी न्यूनिकरण गरी स्थानीयको जिवनस्तर उकास्ने भनेर खुलेका लघुवित्त संस्थाले चर्को ब्याज लिन थाले । ऋण तिर्न नसक्ने भएपछि उनीहरु थातबास नै छोडेर भाग्नु पर्ने अवस्था आएको हो ।

विशेष गरी गाउँघरमा महिला समूह मार्फत ऋण लगानी गरिरहेका संस्था पनि रकम उठाउन सकिरहेका छन । दोष ऋण लिनेको मात्र होइन, ऋण दिने संस्थाको पनि छ । सदस्यको श्रोतसम्बन्धी जानकारी विनै जथाभावी ऋण दिएर वित्तिय संस्थाले ऋणीहरुको उठिबास लगाएको आरोप स्थानीयको छ ।

नगरपालिकामा अहिले च्याउसरी लघुवित्त संस्था खुलेका छन् । विशेष गरी महिलालाई सदस्य बनाएर वित्तिय कोरोबार गर्ने गरेका छन् । संस्थाले ऋणको प्रयोजन र श्रोत सुनिश्चितता गर्न नसक्दा यस्तो अवस्था आएको जनप्रतिनिधिको भनाई छ ।

यसरी ऋण दिँदा व्यक्तिमात्र होइन, संस्था समेत डुब्ने अवस्थामा पुगेका छन् । त्यसैले अस्वस्थ प्रतिष्पर्धाबाट जोगिएर वित्तीय संस्थाले ऋण दिने र लिनेले पनि आफ्नो गच्छे अनुसार ऋण लिएर सदुपयोग गरे सबैको भलो हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *