समाज

वर्षासँगै हिउँ : किसान र पर्यटन व्यवसायी खुशी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ७ गते २०:४९
वर्षासँगै हिउँ : किसान र पर्यटन व्यवसायी खुशी (भिडियो रिपोर्टसहित)

७ माघ २०७८ तेह्रथुम । गएरातिदेखि वर्षासँगै हिउँ परेपछि तेह्रथुम, संखुवासभा र ताप्लेजुङका किसान र पर्यटन व्यवसायी खुशी भएका छन् । हिउँ परेपछि बाली राम्रो हुने भएकाले किसान र आन्तरिक पर्यटनले आम्दानी बढ्ने भन्दै पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।

हिउँले शेताम्यै तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे, मिल्के, जलजले टिएमजे क्षेत्रमा पर्यटकहरु रमाइरहेका छन् । स्थानीय तथा पूर्वी तराईका विभिन्न जिल्लाबाट हिउँ खेल्नकै लागि दैनिक ठूलो संख्यामा पर्यटकहरु पुग्ने गरेका छन् । हिउँमा सेल्फी लिने, फोटो खिच्ने र टिकटक बनाउँन पाउँदा पर्यटकहरु दंग छन् ।

पर्यटकहरु सवारी साधान रिजर्भ गरी हिउँ खेल्न पुग्ने गरेका छन् । यसले यातायात व्यवसायीलाई पनि लाभ भएको छ ।

वर्षासँगैको हिउँले कोरोनाको कहरमा थिलथिलो परेको होटल व्यावसायी, यातायात व्यावसायीदेखि किसानलाई समेत राहत भएको छ। तराईबाट तीनजुरे जलजले, गुफा पोखरी, पाँचपोखरीजस्ता ठाउँ अवलोकन गर्न आएका पर्यटकले गर्दा होटल व्यावसायीलाई समेत राहत दिएको छ ।

हिउँले बालीनाली पनि राम्रो हुने भएपछि किसान पनि मख्ख छन् । पर्यटकहरुको आगमनले यहाँको पर्यटन व्यवसायसँगै स्थानीले चौतर्फी लाभ पाएका छन् । तर, भिडभाड सँगै कोरोना संक्रमणको जोखिम भने बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *