समाज

एयर बेस स्थापनापछि उद्धार कार्य प्रभावकारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ७ गते १७:२१
एयर बेस स्थापनापछि उद्धार कार्य प्रभावकारी (भिडियो रिपोर्टसहित)

७ माघ २०७८ काठमाडौं । नेपाली सेनाले सुर्खेतमा एयर बेस कार्यालय स्थापना गरेपछि विपद् तथा दुर्घटनामा परेका व्यक्तिको उद्धार कार्य प्रभावकारी भएको छ । एयरबेसबाट गरिएको रेस्क्यु फ्लाइटका कारण सडक दुर्घटना र बाढी तथा डुबानका बेला जोखिममा रहेका सयौं मानिसको ज्यान जोगिएको छ ।

नेपाली सेनाले विपद् तथा आकस्मिक घटना भएका बेला गरिने उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन २०७६ साल भदौदेखि सुर्खेत विमानस्थल नजिकै पश्चिम एयर बेस कार्यालय स्थापना गरेको थियो ।

एयरबेसमा तीन वटा हेलिकोप्टरसहित उडान दलका सदस्यहरु चैबिसै घण्टा तैनाथ छन् । सेनाले पश्चिम एयरबेसबाट सबैभन्दा बढी पश्चिमका विकट जिल्लाका गर्भवती तथा सुत्केरी महिलाहरु लाभान्वित भएका छन । एयर बेस कार्यालयको हेलिकोप्टरबाट यो वर्ष पुससम्म विकट स्थानबाट ४८ जना सुत्केरीको उद्दार गरी विशेषज्ञ उपचार सेवा भएको अस्पतालमा पुराइएको छ ।

पश्चिम एयर बेस सञ्चालन भए पछि कर्णाली, लुम्बिनी र सुदुर पश्चिम क्षेत्रमा विपद् तथा आकस्मिक घटना भएका बेला छिटोछरितो र प्रभावकारी ढंगबाट उद्धार तथा राहत वितरण हुन थालेको छ । बाढी, पहिरो, हिमपात, सडक दुर्घटनामा परेका व्यक्तिको उद्धारका लागि २७ वटा उद्धार उडानहरु गरिएको छ ।

नेपाली सेनाले हेलिकोप्टरबाट गर्भवती र सुत्केरी महिलाको उद्धार शुरु गरे पछि सेवाग्राहीलाई सहज भएको छ ।

सुर्खेत एयरबेसमा संचालन गरिएका रेस्क्यु फ्लाइटहरु प्रभावकारी देखिएकाले एयर बेसलाई विस्तार गरी पूर्ण क्षमतामा संचालन गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *