आर्थिक

भोको आयल निगमः सधै मूल्य बढाउने ध्यानमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ५ गते २०:१७
भोको आयल निगमः सधै मूल्य बढाउने ध्यानमा (भिडियो रिपोर्टसहित)

५ माघ २०७८ काठमाडौं । कोरोना महामारीकाबीच नेपाल आयल निगमले फेरि मूल्य बढाउने तयारी गरेको छ । आफूसँग अब इन्धन किन्ने पैसा नै नभएको भन्दै निगमले सरकारसँग रकम मागेको छ ।

यदि सरकारले रकम नदिए मूल्य बढाउनुको विकल्प नभएको निगमको जिकिर छ। सरकारले रकम नदिए आपूर्ति प्रभावित हुने बताएको छ । यसरी निगमले मुखै खोलेर पैसा छैन र अब मूल्य बढ्छ भन्दै जनतालाई आक्रान्त पारेको छ ।

भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार अबको १५ दिनमा निगमलाई २ अर्ब २४ करोड घाटा लाग्छ । विज्ञप्ती नै जारी गरेर निगमले आफूसँग सञ्चित बचत शून्यको अवस्थामा पुगेकाले इन्डियन आयल कर्पोरेशनलाई २३ जनवरीसम्ममा भुक्तानीका लागि २ अर्ब अपुग हुने स्थिती देखाएकोछ । निगमले अहिले ३ महिनासम्म आपूर्ति सहजताका लागि १२ अर्ब रुपैयाँ आवश्यकता परिरहेको बताएकोछ ।

अहिले निगमलाई पेट्रोलमा १३ रुपौयाँ १८ पैसा, डिजेलमा ८ रुपौयाँ ८१ पैसा, एलपी ग्यासमा ६ सय ४६ रुपैयाँ १६ पैसा घाटा छ । यसरी अब मूल्य नबढाए १५ दिनमा २ अर्ब घाटा हुने र यस आर्थिक वर्षमा २१ अर्ब ५० करोड घाटा हुने तथ्याङ समेत सार्वजनिक गरेको छ । यसले के देखाउछ भने निगमको आर्थिक अवस्था संकट उन्मुख छ । मूल्यबृद्धि गरेर आर्थिक संकट टार्ने दिशामा निगमले योजना बनाएको दाबी गरेको छ ।

निगम हेर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय यति बेला मन्त्री बिहिनको अवस्थामाछ । प्रधानमन्त्रीकै जिम्मामा रहेको यो मन्त्रालय अहिले कर्मचारीबाट चलिरहेकोछ । प्रधानमन्त्री मन्त्रालय नै नजादा नीतिगत निर्णयहरु प्रभावित बनेका छन् ।

यसअघि पनि मूल्य बढाउँदा तालुकदार मन्त्रीको अभाव थियो । त्यसबेला चौतर्फी विरोध भएको थियो तर मूल्य घटेन । फेरी कोराना महामारीको बिचमा निगमले पैसा छैन भनेर मूल्य बढाउने प्रपञ्च रचिरहेको छ। महामारीको बेलामा समेत सरकारले इन्धनमा भन्सार र पूर्वाधार कर भनेर १५ रुपौयाँभन्दा बढी कर असुली गरेको छ ।

जनता दिन प्रतिदिन बढिरहेको मंहगीले आक्रान्त भइरहेका छन । सरकारले कर छुट दिने भन्दा फेरी निगमले मूल्य बढाउ भनेर उस्काइरहेको छ । सरकारको जनतामारा प्रवृतिले नागरिक सधैं मूल्यवृद्धिको चपेटामा पर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *