समाज

निर्माण शुरु भएको १२ वर्षसम्म पनि अलपत्र अवस्थामा स्वास्थ्य चौकी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ४ गते १४:३८
निर्माण शुरु भएको १२ वर्षसम्म पनि अलपत्र अवस्थामा स्वास्थ्य चौकी (भिडियो रिपोर्टसहित)

४ माघ २०७८ सुर्खेत । १२ वर्ष अगाडि निर्माण थालिएको सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर ८ गुटुको स्वास्थ्य चौकीको भवन अलपत्र परेको छ । १ वर्षमै निर्माण गरी सेवा दिने भनेर निर्माण थालिएको भवन समयमै नबन्दा सेवाग्राहीलाई समस्या भएको छ ।

सुर्खेतको चौकुने गाउँपालिका ८ गुटुको गुटु स्वास्थ्य चौकी निर्माण थालेको १२ वर्षसम्म निर्माण हुन सकेको छैन । १ वर्षभित्र निर्माण सम्पन्न गर्ने भन्दै २०६६ सालमा मैनाचुली–सुरुची जेभीले साढे १४ करोड रुपैयाँमा निर्माणको सम्झौता गरेको थियो ।

तर ठेकेदार कम्पनीको बदमासी र सरकारी निकायको उदासिनताका कारण भवन अलपत्र छ । स्वास्थ्य संस्थामा पर्याप्त भवन नहुँदा कर्मचारी व्यवस्थापनदेखि सेवा प्रवाहमा समेत समस्या परेको छ ।

स्वास्थ्य चौकी भवन बनाउने भन्दै २०६६ सालमा निर्माण शुरु गरिएको स्वास्थ्य चौकी भवनको आधा मात्र काम गरी अलपत्र अवस्थामा छ । यसले सेवा दिन पनि कठिन भएको छ ।

सम्झौतापछि पटक–पटक म्याद थप गर्दै आएको ठेकेदार कम्पनीले मापदण्ड अनुसार भवन निर्माण नगर्दा धेरै सास्ती भएको हो ।

स्वास्थ्य चौकीको भवन अलपत्र पर्दा साविक गाउँ विकास समितिले बनाएको सानो पातावाला भवनको एउटै कोठाबाट सबै सेवाहरू दिनुपर्ने बाध्यता हुँदा गुणस्तरीय स्वास्थ्य सेवा दिन असम्भव जस्तै छ ।

कम्पनीले भवन निर्माणमा कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीयस्तरबाट अख्तियारमा गुनासो गएपछि निर्माणको काम रोकियो । अदालतमा मुद्दा पनि दायर भएको छ । मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा मुद्दा विचाराधीन भएकाले पनि निर्माणको काम कति लम्बिनी हो भन्ने टुंगो छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *