समाज

कोरोना नियन्त्रण प्रयासः रानी नाकामा आवत्–जावत् गर्न खोप कार्ड अनिवार्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ३ गते २०:४१
कोरोना नियन्त्रण प्रयासः रानी नाकामा आवत्–जावत् गर्न खोप कार्ड अनिवार्य  (भिडियो रिपोर्टसहित)

३ माघ २०७८ मोरङ । विराटनगरस्थित रानी नाकामा आवत् जावत् गर्नेलाई खोप कार्ड अनिवार्य गरिएको छ । मोरङ जिल्ला प्रशासनले खोप कार्डमा कडाई गरेपछि एकातिर कोरोना संक्रमणको जोखिम कम भएको छ भने अर्कोतिर खोप लगाउनेको संख्या समेत बढेको छ । अब खोप कार्ड तथा पीसीआर रिर्पोट नबोक्ने नेपालीले पनि नेपाल प्रवेश गर्न पाउने छैनन् ।

सिमानाकाबाट हुने अनावश्यक आवतजावत रोक्ने उद्देश्यले मोरङको मुख्य सिमानाका रानीमा खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला कोरोना व्यवस्थापन समितिले सिमानाकालाई व्यवस्थित गर्न खोप कार्ड अनिवार्य गरेपछि किनमेलका लगि सिमापार जाने नेपालीहरुको संख्यामा पनि कमी आएको छ । खोप कार्ड नभएका नेपालीलाई नाकामा तैनाथ प्रहरीले घर फर्काउन थालेको छ ।

दैनिक रुपमा नेपाली उपभोक्ता सिमापारको जोगवनी बजार किनमेलमा लागि पुग्ने गरेकामा खोप कार्ड अनिर्वाय गरेपछि खोप लगाउने कार्यमा स्थानीयको सहभागिता बढने एव सिमापार बजार जानेको संख्यामा पनि कमी आउने आशा गरिएको छ ।

भारतबाट आउने नेपालीको हकमा खोप नलगाएको खण्डमा उनीहरुले ४८ घण्टाभित्रको पीसीआर रिर्पोट देखाएपछि मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । विराटनगर महानगरपालिकाले रानीमा सञ्चालन गरेको हेल्थ डेस्कमा भारतबाट आउने नेपाली तथा भारतीय नागरिकको एन्टिजेन परीक्षण गर्दै आएको छ । नेपाल आउने नेपालीको तुलनामा भारतीय नागरिकमा संक्रमण धेरै देखिने गरेको छ ।

प्रदेश १ को विराटनगरमा पछिल्ला दिन कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि सीमा नाकालाई व्यवस्थित गर्ने निर्णय भएको थियो । जिल्ला कोरोना व्यवस्थापन समितिले सिमानाकामा प्रवेशका लागि खोप कार्य अनिवार्य भएपछि किनमेलका लागि जोगवनी पुग्ने नेपालीलाई तत्कालका लागि निरुत्साहित गर्ने र खोप अभियानमा उनीहरुको सहभागी बढाउने योजना राखेको छ ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा यसको रोकथाम तथा नियन्त्रणका लागि सीमा क्षेत्रलाई व्यवस्थित गर्न आवश्य छ। तर भारतसँग कूल ६५ किलोमिटरको खुल्ला सीमा जोडिएको मोरङको मुख्य प्रवेशद्धार रानीमा मात्र कडाई गरेर समस्या सावधान हुने अवस्था भने देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *