आर्थिक

विदेशबाट फर्किएका तीन सय युवाको उदाहरणीय तरकारी खेती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ३ गते १४:१२
विदेशबाट फर्किएका तीन सय युवाको उदाहरणीय तरकारी खेती (भिडियो रिपोर्टसहित)

३ माघ २०७८ चितवन । चितवनका युवा मिलेर शुरु गरेको तरकारी खेती विदेश जाने सोच बनाएका र विदेशबाट फर्किएका युवाका लागि प्रेरणा बनेको छ ।

खैरहनीका तीन सय जना युवा मिलेर एक सय ५० हेक्टर क्षेत्रमा सामूहीक तरकारी खेती गरिरहेका छन् । जसबाट उनीहरुले मनग्ने आम्दानीसँगै सन्तुष्टि पाएका छन् ।

चितवन खैरहनीका युवा केही वर्षदेखि विदेश जाने सपना त्यागेर व्यवसायिक कृषि कर्ममा लागेका छन् । विदेशमा गर्ने मेहनत स्वदेशमा नै गर्न सकेको अवस्थामा राम्रो आम्दानी गर्न सकिने भन्दै उनीहरु स्वेदशमा नै पसिना बगाउँदैछन् । व्यक्तिगत खेतीबाट भन्दा सामुहिक खेतीबाट बढी फाइदा देखेपछि उनीहरु सामूहीक खेतीतर्फ आकर्षित छन् ।

सामूहिक खेती गरिएको स्थानमा युवाले छुट्टाछुट्टै ब्लक निर्माण गरेर तरकारी उत्पादन गर्दै आएका छन् । यहाँका कृषकले टमाटर,आलु, भेडेखुर्सानी, काउलीलगायतका तरकारी उत्पादन गरेर काठमाडौँ, पोखरासहितका मुख्य बजारमा पठाउँदै आएका छन्। सबैले एउटै व्यापारीलाई सामान दिँदा आफूहरुलाई फाइदा हुने कृषकहरु बताउँछन् ।

अन्नको भण्डारका रुपमा चिनिने चितवनमा पछिल्लो समय तरकारी, माछा, मासु अण्डा लगायतका उत्पादनमा आत्मनिर्भर वन्दै गएको छ । यस वर्ष मात्रै यो सहकारीले ५ करोड रुपैयाँभन्दा बढी तरकारी बेच्ने लक्ष्य लिएको छ । तर, बिचौलियाका कारण कृषकले उत्पादन गरेको वस्तु सस्तोमा बिक्री गर्नुपर्ने तथा उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने अवस्था अझै कायम छ । सामुहिक तरकारी खेती गरेका युवाहरुलाई कृषि ज्ञान केन्द्र चितवनले थोपा सिँचाई, टनेल, मिनी टेलर जस्ता उपकरण अनुदानमा दिएको छ ।

चितवनको खैरहनी नगरपालिकामा शुरु गरिएको सामुहिक खेतीमा विदेश गएर फर्किएका तथा विदेश जाने तयारी गरेका युवाहरु समेत संलग्न छन् । सरकारले कृषिमा अनुदान मात्रै बढाएर भन्दा पनि कृषक र उपभोक्तालाई ठग्ने बिचौलिया नियन्त्रण गर्नु जरुरी देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *