विदेश

अमेरिका र क्यानडामा आँधीका कारण जनजीवन प्रभावित, हजारौं उडान रद्द

हिमालय टिभी
२०७८ माघ ३ गते ७:५६
अमेरिका र क्यानडामा आँधीका कारण जनजीवन प्रभावित, हजारौं उडान रद्द

३ माघ २०७८ न्युयोर्क । अमेरिका र क्यानडामा आँधीका कारण जनजीवन प्रभावित भएको छ । हजारौं उडान रद्द गरिएका छन् ।

उत्तरी क्यारोलिनाको शार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित भएको छ दक्षिण पूर्वी राज्यहरूमा विद्युत सेवा कटौती गरिएको छ।

भर्जिनिया, जर्जिया, र उत्तर र दक्षिण क्यारोलिना राज्य आपतकालिन घोषणा गरिएको छ। अमेरिकी राष्ट्रिय मौसम सेवा विभागले आँधीका कारण दुई दिनमा देशको पूर्वी तिहाइ भागमा असर गर्ने र केही क्षेत्रमा १ फिट भन्दा बढी हिउँ पर्ने अनुमान गरेको छ।

उत्तरी क्यारोलिनाको शार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका लगभग ९० प्रतिशत उडान रद्द भएका छन् ।

दक्षिण क्यारोलिनाका गभर्नर हेनरी म्याकमास्टरले मानिसहरुलाई बाहिर ननिस्कन आग्रह गरेका छन् ।

न्यूयोर्कसंग सीमा जोडिएका क्यानडाको ओन्टारियो राज्यमा आंंधीले क्षति पुर्याउने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *