कला/मनोरञ्जन

द भ्वाइस किड्सको ग्राण्ड फिनाले आज, कस्ले मार्ला बाजी ?

हिमालय टिभी
२०७८ माघ १ गते १८:५८
द भ्वाइस किड्सको ग्राण्ड फिनाले आज, कस्ले मार्ला बाजी ?

१ माघ २०७८ काठमाडौं । बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको आज ग्रान्ड फिनाले हुँदैछ ।

चार कोचका आठ प्रतियोगीमध्ये सर्वाधिक भोट पाउने पहिलो भ्वाइस किड्स नेपाल हुनेछन् । विजेताले नगद १५ लाख रुपैंया पुरस्कार पाउने द भ्वाइस किड्सका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

फाइनलमा पुगेका ८ प्रतियोगीले गएराति आफ्नो अन्तिम प्रस्तुति दिएका थिए । आठ जना प्रतियोगिमध्येबाट दर्शकबाट प्राप्त मतका आधारमा बिजेता घोषणा गरिने छ ।

टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका छन् ।

डिजिटल अडिशनमा सहभागी २० हजारमध्ये एक सय जना ब्लाइन्ड अडिसनमा सहभागी भए । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका छन् ।

लोकप्रिय कार्यक्रम भ्वाइस किड्स युट्यूबमा एक लाख २७ हजार जना सम्मले प्रत्यक्ष हेरेका छन् । प्रत्येक एपिसोड औसतमा ४० लाखले हेरिरहेका छन् ।

गत कात्तिक २६ गते सुरु भएको भएको कार्यक्रम फाइनल अघि १९ एपिसोड प्रशारण भएको छ । द भ्वाईस किड्सको निर्णायकमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *