बाघको त्रासले फत्तेपुरमा छैन माघीको उत्साह (भिडियो रिपोर्टसहित)
![बाघको त्रासले फत्तेपुरमा छैन माघीको उत्साह (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2022/01/pattepur-banke.jpg)
१ माघ २०७८ नेपालगञ्ज । माघे सक्रान्तिलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउँछन् । माघीका बेला थारु समुदायको बाहुल्य भएका बस्तीहरु नाचगान भेटघाट र मेलाहरुले गुञ्जयमान हुन्छन् ।
युवायुवती मघौटा, सखिया र हुरदंगा नाच नाचेर रमाउँछन । तर यो वर्ष बाँकेको फत्तेपुरमा माघीको उत्साह छैन ।
बाँकेको फत्तेपुर क्षेत्रमा थारु समुदायको बाहुल्यता छ । तर बाघको आक्रमणबाट एक दिनको अन्तरमा दुई महिलाको मृत्यु भएपछि माघीमा पनि फत्तेपुर क्षेत्रका थारुबस्ती सुनसान छन ।
मानिसलाई आक्रमण गर्ने पाटेबाघलाई नियन्त्रणमा लिनका लागि एक हप्तादेखि गरिएका प्रयासहरु सफल नभएका कारण गाउँमा पुन बाघले आक्रमण गर्ने हो कि भन्ने त्रास छ ।
अँध्यारो नहुँदै मानिसहरु घरभित्र पस्ने गरेका छन् । बाघको त्रास कायम रहँदासम्म चाडपर्वको खुसियाली र जनजीवन सहज हुने कुनै देखिँदैन ।
माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँछन । थारु समुदायले माघी मै वर्ष दिनको योजना बनाउने गर्छन् । माघी मै थारु गाउँमा बडघर चयन गरिन्छ । बडघरले गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी लगायत समाजिक कामको अगुवाई गर्छन् ।
प्रतिक्रिया