आर्थिक

करोडौं लगानीमा मामा-भान्जाको एग्रो फार्म (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १ गते १६:४१
करोडौं लगानीमा मामा-भान्जाको एग्रो फार्म (भिडियो रिपोर्टसहित)

१ माघ २०७८ विराटनगर । युवा जनशक्ति कृषि पेशाबाट विमुख भइरहेको बेला विराटनगर महानगरपालिका १२ का सञ्जय चापागाईँं र गजेन्द्र शर्मा बञ्जराले दरैया बस्तीमा आधुनिक कृषि उद्यम सञ्चालन गरिरहनु भएको छ।

होटल व्यवसायमा लामो समय बिताएका मामा भान्जा शर्मा र चापागाईँंले शुरुवाती चरणमा ८ करोड रुपैंया लगानीमा बन्जारा एग्रो फार्म शुरु गर्नु भएको हो ।

लामो समय होटल व्यवसाय गरेका सञ्जय चापागाइँ र गजेन्द्र शर्मा बन्जराले ५० करोड रुपैयाँ लगानी गर्ने लक्ष्यसहित बञ्जरा कृषि फार्म स्थापना गर्नु भएको हो । दुई सय वटा गाई पाल्ने लक्ष्यसहित स्थापना गरिएको फार्ममा अहिले ५० वटा गाई छन् ।

अहिले पहिलो चरणको काम अगाडि बढ्दै गर्दा फार्मले दैनिक ८ सय लिटर दूध उत्पादन गर्न थालेको छ । आउँदो वैशाख महिनासम्ममा गाईको संख्या एक सय वटा पुर्‍याउने र दैनिक १५ सय लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेको छ । तीन वर्षभित्र लगानी ५० करोड पुर्‍याएर दैनिक पाँच हजार लिटर दूध र पाँच हजार किलो तरकारी उत्पादन गर्ने एग्रो फर्मले लक्ष्य राखेको छ ।

आठ महिना यता सुरु भएको फर्मका लागि पाँच विगाहा जग्गा खरिद, टनेल निर्माण, गाई फर्म निर्माण, गाई र मेसिन खरिदमा ८ करोड लगानी भइसकेको छ । अहिले फार्ममा २५ देखि ४२ लिटरसम्म दूध दिने होलस्टेन जर्सी गाईहरू छन् ।

केही दिनभित्रै थप १५ वटा गाई भारतको पञ्जाबबाट आइपुग्ने फार्मले जनाएको छ । कृषि फार्मले अटोमेटिक प्रविधिमा आधारित डेरी उद्योग सञ्चालनको तयारी पनि गरेको छ । फार्मले गाईफार्मसहित अर्ग्यानिक तरकारी उत्पादन पनि थालेको छ ।

फार्मले दूधसँगै विकसित जातका गाईको नश्ल उत्पादनमा विशेष जोड दिँदै उन्नत जातका गाईका बाछीहरु किसानहरुलाई उपलब्ध गराउने लक्ष्य पनि राखेको छ। कृषि क्षेत्रमा ठुलो सम्भावना देखेर लगानी गरेका मामा भन्जाको कृषि उद्यामी बन्ने सोचलाई साकार पार्न सरकारी सहयोगको पनि खाँचो देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *