आर्थिक

कोशी कटान क्षेत्रमा व्यवसायिक तरुल खेती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ३० गते १६:२१
कोशी कटान क्षेत्रमा व्यवसायिक तरुल खेती (भिडियो रिपोर्टसहित)

३० पुस २०७८ सुनसरी । सुनसरीमा कोशी कटान क्षेत्रका किसानले ५ वर्षदेखि व्यवासयिक तरुल खेती गर्दै आएका छन् । हात्ती, बँदेललगायतका जंगली जनावरले कम क्षति पूर्याउने र कम लागतमै राम्रो आम्दानी हुने भएपछि त्यहाँका किसानाले तरुल खेती गरेका हुन् ।

कोशीले कटान गरेको क्षेत्रका किसानले ५ वर्षदेखि तरुल खेतीबाट मनग्गे आम्दानी लिँदै आएका छन् । कोशी कटानले गर्दा बालुवासहितको सुख्खा ठाउँ भएकाले यहाँ अन्यबाली उत्पादन हुन हम्मे हुन्छ । तर तरुलका लागि यही माटो उपयुक्त हुने भएकाले किसानले तरुल खेती गर्न थालेका हुन् ।

किसानले तरुल खेतीबाट वार्षिक डेढ लाखसम्म आम्दानी गर्दै आएका छन् । सुरुका वर्ष खेती गर्दा विधिको अज्ञानताकै कारण कम उत्पादन भयो । त्यसपछि भने तरुलबाट वार्षिक रुपमा हुने आम्दानी बढ्दै गयो । तरुलका लागि लागत निकै कम लाग्ने भएकाले पनि किसानहरुमा उत्साह थपिएको छ ।

तरुलको बजार पनि राम्रै छ । यहाँ उत्पादन भएको तरुल किन्न काठमाडौँको कालिमाटी बजारका थोक विक्रेता आइपुग्छन् । यसले गर्दा किसानलाई बजारीकरणमा पनि समस्या छैन । तर यो वर्षको बेमौसमी वर्षाले भने समस्या पारेको किसानको गुनासो छ ।

यो क्षेत्रमा किसानले विगतमा खयर र सिसौका रुख लगाउँदै आएका थिए । जसबाट वार्षिक रुपमा १० हजार आम्दानी गर्न पनि हम्मे पर्थ्यो । तर तरुल खेतीबाट एक लाखसम्म आम्दानी हुँदा किसान हर्षित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *