मझगाउँ विमानस्थलः स्तरोन्नति गरी फेरि सञ्चालनको तयारी (भिडियो रिपोर्टसहित)
२०७८ पुष २८ गते १६:०६

२८ पुस २०७८ कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नती कार्यको शिलान्यास भएको छ ।
द्वन्द्वकालमा असुरक्षाका कारण देखाउँदै बन्द भएको विमानस्थल फेरि संचालनको तयारी गरिएको हो । दुई दशकदेखि बन्द रहेको विमानस्थल स्तरोन्नतिका लागि ४५ करोड ६६ लाख रुपैंया विनियोजन गरिएको छ ।
विमानस्थल स्तरोन्नतिको जिम्मेवारी कान्छाराम केएस जेभीलाई दिइएको छ । विमानस्थल स्तरोन्नतिको शिलान्यास गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउनु आवश्यक रहेको बताउनुभयो ।
आफू मन्त्री भएपछि धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण गर्नका लागि एक अर्ब विनियोजन गरेर काम अघि बढाइ सकिएको मन्त्री आलेको दाबी छ ।
प्रतिक्रिया