आर्थिक

माघे संक्रान्तिः पाल्पामा यसरी बढ्यो तरुलको व्यापार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २८ गते १६:००
माघे संक्रान्तिः पाल्पामा यसरी बढ्यो तरुलको व्यापार (भिडियो रिपोर्टसहित)

२८ पुस २०७८ पाल्पा । माघे संक्रान्ति पर्व आउन थालेसँगै पाल्पामा तरुल व्यापार राम्रो भएको छ । माघे संक्रान्तिमा तरुल खाने चलन छ । त्यसैले पनि तरुलको माग बढेको हो ।

पाल्पा तानसेन नगरपालिका वडा नम्बर २ मा तरकारी व्यवसाय गर्ने विक्रम अधिकारीले अहिले तरकारीभन्दा तरुल बढी बेच्नुहुन्छ । माघे संक्रान्ति नजिकै आएपछि विक्रमको पसलबाट दैनिक ५० किलोसम्म तरुल विक्री हुने गरेको छ ।

वनमा फलेको तरुल खनेर तानसेन बजारमा विक्री गर्नेहरुको पनि अहिले कमी छैन । डोकोमा बोकेर एक एक किलोका पोकामा तरुल हातमा झुण्ड्याएर विक्री गर्नेहरुले पनि दैनिक राम्रो आम्दानी गरेका छन् ।

पाल्पामा प्रतिकिलो १२० रुपैँयादेखि १५० रुपैयाँसम्ममा तरुल विक्री हुने गरेको छ। परापूर्वकालदेखि माघे संक्रान्तिमा घिउ, चाकु, तरुल खाने प्रचलन भएकाले तरुलको विक्री बढेको व्यावसायीको अनुभव छ ।

पाल्पमा व्यावसायिक रुपमा तरुल खेती भने हुन सकेको छैन । तरुलका लागि अझै पनि वनको भर पर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *