विदेश
अबको केही सातामा युरोपको आधा जनसंख्या ओमिक्रोन संक्रमित हुने चेतावनी
२०७८ पुष २८ गते ७:५७

२८ पुस २०७८ न्युयोर्क । अबको केही हप्ताभित्र युरोपका आधा जनसंख्या ओमिक्रोनबाट संक्रमित हुने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।
६ देखि ८ हप्ताभित्र युरोपका आधा जनसंख्यामा ओमिक्रोन भेरिएन्टको संक्रमण हुने डब्लुएचओको भनाइ छ ।
डब्लुएचओकोका स्वास्थ्य विशेषज्ञ डा. हान्स क्लजले डेल्टा भेरिएन्टबाट प्रभावित क्षेत्रमै ओमिक्रोनको संक्रमण शुरू भएको बताए ।
यसअघि सन् २०२१ को अन्त्यमा डेल्टा भेरिएन्टको संक्रमण कम गर्ने प्रयास हुँदाहुदै ओमिक्रोनको जोखिम भएको छ ।
यस वर्षको पहिलो सातामा युरोपमा भेटिएका संक्रमित संख्यापछि डब्लुएचओको यस्तो भनाइ आएको हो ।
युरोपमा पहिलो सातामा ओमिक्रोन संक्रमित हुनेको संख्या ७० लाखभन्दा बढी पुगेको छ । युरोपमा दुई सातामै संक्रमण दोब्बरले वृद्धि भएको छ ।
प्रतिक्रिया