किसान विकासेमा आकर्षित भएपछि रैथानेबाली यसरी लोप हुँदै (भिडियो रिपोर्टसहित)
२७ पुस २०७८ पाल्पा । पाल्पामा पछिल्ला वर्षहरुमा रैथाने अन्नबाली लोप हुँदै गएका छन् । किसानले खेतीयोग्य जमिनमा समेत रैथानेबाली लगाउन छाडेका छन् ।
बालीबाट आउने प्रतिफलसमेत कम हुने भएपछि किसान अन्य विकासे बालीतर्फ आकर्षित छन् । जसका कारणा यस्ता अन्नबाली संकटमा परेका छन् ।
पाल्पा बगनासकाली गाउँपालिका ८ बगनासकी जेमकुमारी हितांगले लामो समयदेखि कोदो र फापर खेती गर्दै आउनु भएको छ । आर्गनिक अन्नबालीका रुपमा स्थापित, कोदो, फापरजस्ता रैथानेबालीको परिकारको माग गाउँमा भन्दा शहरमा बाढी छ । तर, उत्पादन छैन ।
कृषि पेशामा युवाको आकर्षण छैन । खेतीयोग्य जमिन बाँझै छ। परम्परागत रुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली उत्पादन धान्दै आएका छन् ।
गाउँमा उत्पादन हुने रैथाने अन्नले लगानी समेत उठाउन कठिन छ । यिनै कारणले फापर, कोदो, जौ, तील, भटमास, सिलामलगायतका अन्नबाली लोप हुने अवस्थामा छन् ।
यस्ता रैथाने बाली स्वादका लागि मात्र नभइ स्वास्थका लागि पनि लाभदायक मानिन्छन् । यति मात्र होइन, पर्याप्त मात्रामा उत्पादन गर्न सके देशविदेशमा समेत निर्यात गर्न सकिन्छ ।
रैथाने बालीमा मुनाफा कम हुने भएकाले विकासे बालीमा किसानको आकर्षण बढ्दै गएको छ । त्यसैले नेपालको हावा पानी सुहाउने र स्वाद र स्वास्थका लागि लाभदायक रैथाने अन्न उत्पादनमा सरकारले प्रोत्साहन गर्नु जरुरी छ ।
प्रतिक्रिया