आर्थिक
संक्रान्ति नजिकिएसँगै चाकु र तरुलको व्यापारमा तिब्रता (भिडियो रिपोर्टसहित)
२०७८ पुष २७ गते १९:०१
२७ पुस २०७८ काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तिब्रता आएको छ ।
काठमाडौंको टोखा, ललितपुरको पाटन लगायतका क्षेत्रमा चाकुको उत्पादन र व्यापार बढेको हो । जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ ।
माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायी चाकु बनाउन व्यस्त छन् । चाकुको मूल्यमा भने गत वर्षभन्दा फरक नरहेको पाटनका चाकु उत्पादक कृष्ण महर्जनले बताउनुभयो ।
यस्तै काठमाडौंमा तरुलको व्यापार पनि बढेको छ । कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको हो ।
काठमाडौंमा यो वर्ष सर्लाही र चितवनको तरुल बढी भित्रिएको छ ।
प्रतिक्रिया