खेलकूद

ला लिगा फूटबलमा शीर्ष स्थानको रियल मड्रिडको विजयी यात्रा जारी

हिमालय टिभी
२०७८ पुष २५ गते ७:५९
ला लिगा फूटबलमा शीर्ष स्थानको रियल मड्रिडको विजयी यात्रा जारी

२५ पुस २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको रियल मड्रिडको विजयी यात्रा जारी छ ।

रियलले आफ्नो पछिल्लो खेलमा भ्यालेन्सियामाथि ४–१ को सहज जित निकालेको हो । घरेलु मैदानमा करिम बेञ्जिमाले रियललाई ४३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

लगत्तै ५२औं र ६१औं मिनेटमा भिनिकस जुनियरले दुई गोल थपे । ७६औं मिनेटमा भ्यालेन्सियाका गोन्सालो ग्यूडेसले गोल गरेपछि खेल ३–१ को स्थितीमा पुग्यो । त्यसपछि बेञ्जिमाले ८८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेसँगै रियलले खेल ४(१ ले जित्यो ।

जितसँगै रियलले आफ्नो अग्रता ८ अंकले बढाएको छ । रियलले २१ खेलबाट ४९ अंक जोड्दा दुई खेल कम खेलेको सेभियाको ४१ अंक छ ।

ला लिगा अन्तर्गत नै गएराति रियल सोसिडाडले सेल्टा डी भिगोलाई १–० र लेभान्टेले मालोर्कालाई २–० ले हराउँदा बार्सिलोना र ग्रानाडाले ११ गोलको बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्