खेलकूद

सातदोबाटो युथ क्लब ए डिभिजन लीगको दोस्रो स्थानमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २३ गते १९:०५
सातदोबाटो युथ क्लब ए डिभिजन लीगको दोस्रो स्थानमा (भिडियो रिपोर्टसहित)

२३ पुस २०७८ काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लबसँग बराबरी खेलेसँगै संकटा क्लबले सहिद स्मारक ए डिभिजन लीगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।

दशरथ रंगशालामा आज भएको पहिलो खेलमा संकटा क्लब सातादोबाटोसँग १–१ गोलको बराबरीमा रोकिएको हो । दुवै टोलीले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलको २२ औं मिनेटमा सुशील राईको गोलबाट सातदोबाटोले अग्रता लियो ।

डिफेन्डरले ब्याक पास गरेको बल संकटाका गोलरक्षक राजाबाबु थापाले खराब क्लियरेन्स गर्दा अगाडि बढेका सुशीललाई ठोक्काउँदै बलले पोष्टको दिशा लिएको थियो ।

३० औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट सुदीप गुरुङले प्रहार गरेको सशक्त प्रहार क्रस बारमा लाग्दै बाहिरिँदा सातदोबाटो अग्रता दोब्बर गर्नबाट चुक्यो । त्यसको दुई मिनेटपछि नै जय गुरुङले संकटालाई बराबरीमा ल्याए ।

दिपेश आले मगरको पासमा झन्डै ३० यार्डबाट जयले आकर्षक गोल गर्दै संकटालाई खेलमा फर्काए । दोस्रो हाफमा पनि सातदोबाटोले पटक पटक पाएको मौका सदुपयोग गर्न सकेन् ।

यो बराबरीसँगै संकटाले दोस्रो स्थानमा उक्लिने मौका गुमायो । यससँगै उपाधि होडमा रहेको संकटाको सम्भावना कठिन मोडमा पुगेको छ ।

८ खेलसम्म अपराजित संकटा १४ अंक सहित तेस्रो स्थानमा यथावत छ । समान खेलबाट सातदोबाटो ९ अंक सहित आठौं स्थानमै छ ।
आजै भएको विभागीय एपीएफ क्लब र जावलाखेल युथ क्लबबीचको दोस्रो खेल गोल रही बराबरी भएको छ ।

खेलमा दुवैले गोलका केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । बराबरीसँगै जावलाखेल ८ खेलबाट ८ अंक जोडेर नवौं एपीएफ ८ खेलबाट ७ अंक सहित १०औं स्थानमा यथावत् छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्