आर्थिक

व्यापार घाटाले देशको अर्थतन्त्र यस्तो संकटमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २३ गते १८:४७
व्यापार घाटाले देशको अर्थतन्त्र यस्तो संकटमा (भिडियो रिपोर्टसहित)

२३ पुस २०७८ काठमाडौं । नेपालको आयात र निर्यातको खाडल बढ्दै गएको छ । अहिलेसम्म रेमिट्यान्सले धानिरहेको अवस्थामा व्यापार घाटाले देशको अर्थतन्त्रलाई संकटतर्फ धकेल्दैछ ।

नेपाली बस्तुको नियार्तमा जोड र विलासी वस्तुको आयातमा कडाइ नगर्ने हो भने अर्थतन्त्र धारसायी बन्नसक्छ ।

विक्रम संवत् २०२८–२९ सालको तथ्याङ्क हेर्ने हो भने नेपालको निर्यात आयातभन्दा दोब्बर थियो । तर ५० वर्षपछि आयात र निर्यात तथ्याङ्कले डरलाग्दो रूप लिँदैछ । व्यापार घाटा यसरी कहालीलाग्दो अवस्थामा पुगेको छ । देशमा केही उत्पादन हुँदैन अधिकांश वस्तु आयात गरेर दैनिकी चलाउनु पर्ने अवस्था छ । चालु आर्थिक वर्षको पाँच महिनामै मुलुकको व्यापार घाटा ७ खर्ब ३५ अर्ब नाघेको छ । यो व्यापार घाटा अबका दिनमा अझै बढ्ने देखिन्छ ।

नेपालमा १ सय ४४ देशबाट विदेशी वस्तुहरु आयात गरिन्छ । तर अधिकांश मुलुकसँग नेपालको व्यापार घाटा नै रहेको छ । सबैभन्दा बढी व्यापार घाटा भारत र चीनसँग छ । नेपाली उत्पादन बढाउनेदेखि निर्यातमुखी वस्तुमा जोड दिन नसक्दा व्यापारमा असन्तुलन पैदा भएकाले अर्थतन्त्र संकट उन्मुख छ ।

नेपालको अन्तर्राष्ट्रिय व्यापारको अवस्था हेर्ने हो भने हरेक वर्ष व्यापार घाटा बढ्दै गएको छ । नेपाली उत्पादनहरु विदेशी वस्तुसँग प्रतिष्पर्धा गर्न सक्ने अवस्थामै छैनन् । नेपाली वस्तुको उत्पादन लागतलाई घटाउन र निर्यात बढाउने ठोस नीति आवश्यक रहेको व्यवसायीहरु बताउँछन् ।

नेपालले उत्पादन निर्यात गर्नुको सट्टा श्रमिक निर्यात गरिहेको छ । लाखौं नेपालीहरु विदेशी बजारमा आफनो श्रम र पसिना बगाइरहेका छन् । जसबाट आएको रेमिटान्सले देशको अर्थतन्त्र जेनतेन धानिरहेको छ । अब उत्पादनमा जोड दिएर निर्यातलाई मुख्य प्रथामिकता दिन नसक्ने हो भने अर्थतन्त्र कुनैपनि बेला त्रm्यास हुने सम्भावना देखिन्छ ।

आयातलाई नियन्त्रण र निर्यातमा जोड दिने अर्थनीतितर्फ सरकारले नसोच्ने हो भने व्यापार घाटा कै कारण अर्थतन्त्रमा भयावह अवस्था आउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *