बढी शुल्क लिएको विरोधमा नोबेल मेडिकल कलेजका विद्यार्थीको चक्काजाम (भिडियो रिपोर्टसहित)

२३ पुस २०७८ विराटनगर । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले चक्काजाम गरेका छन्।
विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययरत विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको कञ्चनबारी सडकखण्डमा चक्काजाम गरेका हुन्।
नोबेल मेडिकल कलेजबाट र्यालीसहित निस्किएको विद्यार्थीहरुको समूहले दिउँसो आधा घण्टा सडकमा सवारी आवगमन रोकेका थिए ।
उनीहले मेडिकल सञ्चालकलाई कार्वाही गर्नुपर्ने, मेडिकल माफिया मुर्दावादजस्ता नारा लगाउँदै सडकमै कोणसभा गरेका थिए ।
कलेजले अतिरिक्त शुल्क नबुझाउने विधार्थीलाई पठनपाठनमा रोक लगाउने कार्य फिर्ता नलिए आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन् ।
शुल्क लिने मेडिकल कलेजको निर्णय फिर्ता हुनु पर्ने माग राख्दै एक सातादेखि आन्दोलित छन् । विद्यार्थीहरुको आन्दोलनमा विभिन्न विद्यार्थी संगठनले पनि ऐक्यबद्धता जनाएका छन्।
चिकित्सा सेवा आयोगले एमबीबीएस पढ्ने विद्यार्थीबाट अतिरिक्त शुल्क लिन नपाइने भनेपनि नोबेल मेडिकल कलेजले एक विद्यार्थीबाट अतिरिक्त शुल्कवापत ४ लाख बढी शुल्क माग गर्दै आएको छ।
प्रतिक्रिया