राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतभारको अवस्था यस्तो छ

हिमालय टिभी
२०७८ पुष २१ गते ८:४९
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतभारको अवस्था यस्तो छ

२१ पुस २०७८ सुर्खेत । राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानूनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षलाई मात्र मताधिकार छ ।

कर्णालीमा हाल स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य ३५ गरी १९१ मतदाता छन् । प्रदेशसभाका एक सदस्य बराबर ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुख एक बराबर १८ मतभार कायम छ । यस हिसाबले राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेशसभा सदस्यको कूल मतभार एक हजार ६८० रहेको छ ।

थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको कूल मतभार दुई हजार ८०८ रहेको छ । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र)सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख/उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् । माओवादी केन्द्रबाट स्थानीय तहमा जितेका मतदाताको मतभार ९३६ र प्रदेशसभा सदस्यको मतभार ५७६ गरी एक हजार ५१२ मत छ ।

नेकपा (एमाले) का स्थानीय तहका प्रमुख/उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । जसमा स्थानीय तहमा एमालेको ८१० र प्रदेशसभा सदस्यबाट ६२४ मत हुन आउँछ । एमालेको कूल एक हजार ४३४ मत छ । नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख/उपप्रमुखको ४० र प्रदेशसभा सदस्य ६ रहेका छन् । कांग्रेससँग प्रमुख/उपप्रमुखको मतभार ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ ।

एमाले विभाजनपछि बनेको नेकपा (एकिकृत समाजवादी) मा स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १३ र प्रदेशसभामा तीन सदस्य छन् । उनीहरुको स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।

कर्णालीमा ६ उम्मेदवारको मनोनयन दर्ता
आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीमा ६ जनाको उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्य रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (समाजवादी), हुम्लाका कविता बोगटी (एमाले) र कालिकोटका जीवन बुढा (माओवादी)को पदावधि फागुन १८ गते सकिएर रिक्त हुने तीन पदमा यहाँका चार दलका ६ उम्मदेवारले आफ्नो मनोनयन दर्ता गरेका हुन् ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार नेपाली कांगे्रसबाट महिला कलस्टरमा दुर्गा गुरुङ (सुर्खेत), माओवादी केन्द्रबाट अपाङ्गता÷अल्पसङ्ख्यक कलस्टरमा नरबहादुर विष्ट (सुर्खेत) र एकीकृत समाजवादीबाट खसआर्य कलस्टरमा उदय बोहरा (सल्यान) ले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *