समाज

गुल्मीको इस्मा गाउँपालिकाको घरघरमा धारा, स्थानीय यस्तो दङ्ग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १९ गते १७:५९
गुल्मीको इस्मा गाउँपालिकाको घरघरमा धारा, स्थानीय यस्तो दङ्ग (भिडियो रिपोर्टसहित)

१९ पुस २०७८ गुल्मी । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ का स्थानीयको घरघरमा धारा पुगेपछि अहिले फुरुङ्ग छन् ।

नजिकै मुहानहरु पनि नभएको र अग्लो स्थानमा रहेकाले पानी ल्याउन समेत कठिन अवस्थामा रहेको उक्त क्षेत्रका स्थानीयका घरघरमा धारा पुगेपछि जनजीवन केही सहज बनेको छ ।

गुल्मीको इस्मा गाउँपालिका वडानम्बर–१ को दुन्दुरे खोलाबाट लिफ्टिङ्ग मार्फत पानी तानेर घरघरमा पुर्‍याइएपछि खानेपानीको समस्या समाधान भएको हो ।

इस्मामा २ सय ८४ घर परिवार छन् । विगतमा दैनिक पानीका लागि टाढासम्म पुगेर लाइन बस्नुपर्दा यहाँका स्थानीयको दैनिकी कठिन थियो ।

पानी अभावकै कारण यहाँबाट बसाई सर्ने क्रम पनि बढेको थियो । आर्थिक बर्ष ०७०–०७१ बाट सुरु गरिएको खानेपानी आयोजनाको निर्माण कार्य ०७७–०७८ मा सम्पन्न भएको हो । आयोजना निर्माण सम्पन्न भइ घरघरमा धारा पुगेपछि स्थानीयलाई ठूलो राहत मिलेको छ ।

३ करोड ९५ लाख ७७ हजार २ सय ६६ रुपैयाँको लागतमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो । एक घर एक धारा अनुसार मिटर सिस्टमले पानी वितरण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *