अमेरिकामा कोरोना र खराब मौसमका कारण हजारौं उडान रद्द

हिमालय टिभी
२०७८ पुष १८ गते ८:०१
अमेरिकामा कोरोना र खराब मौसमका कारण हजारौं उडान रद्द

१८ पुस २०७८ न्युयोर्क । अमेरिकामा कोरोना महामारी र खराब मौसमका कारण हजारौं उडान रद्द भएका छन् ।

क्रिसमसको माहोलमा विश्वभर ४ हजार ४ सय उडान रद्द हुंदा अमेरिकामा मात्रै यो संख्या २५ सय रहेको छ। अमेरिकामा भारी हिमपाताले यात्रुहरुलाई समस्या थपिएको छ ।

अमेरिकामा २४ डिसेम्बर यता १२ हजार भन्दा बढी उडानहरू रद्द भएका छन् । विमान सेवा कम्पनीहरु चालक दलका धेरै सदस्यहरुलाई कन्ट्राक्ट ट्रेसिङमा परेर क्वारेन्टीनमा राख्नु पर्दा समस्यामा परेका छन् ।

उनीहरुले कर्मचारी अभावको सामना गर्न अतिरिक्त तलब दिएर चालक दललाई आकर्षित गर्ने प्रयास समेत गरेका छन् । अमेरिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलदै जांदा चुनौति थपिएको छ ।

संयुक्त अरब इमिरेट्सले बुस्टर जोड बिना नागरिकलाई विदेश यात्रामा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *